Nepal Times
Nepal Times
3
Shares

ओलम्पिक टर्च र्याली विराटनगर आउँदै

ओलम्पिक टर्च र्याली विराटनगर आउँदै

६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्याली काठमाडौँबाट सुरु भएको छ ।

स्वयम्भू मन्दीर परिशरमा बरिष्ठ ओलम्पियन पूर्व धावक जितबहादुर केसीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले टर्च हस्तान्तरण गरेका थिए ।

नेपाली ओलम्पियनहरुले ओलम्पिक टर्च देशका प्रमुख शहर र सात प्रदेशमा पुर्याउने कार्यक्रम रहेको छ ।

पहिलो दिन र्याली प्रदेश १ को विराटनगर, दोश्रो दिन प्रदेश २ को जनकपुर, तेश्रो दिन प्रदेश ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं गण्डकी प्रदेशको पोखरा लगिने छ । आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने छ ।

नवौं दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराइ साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीप प्रज्ज्वलन गरि र्याली सम्पन्न हुनेछ ।

र्यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मानन्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा लगायतको सहभागिता रहनेछ ।

सात राष्ट्रको सहभागितमा ३ हजार भन्दा बढी खेलाडीले भाग लिने सागमा २६ खेल समावेश छन् । सागको मंसिर १५ मा उद्घाटन र २४ गते समापन हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.