×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

४ चैत , काठमाण्डौ।

नेतृत्व भनेको जिम्मेवारी हो, आदर्श हो, प्रेरणा हो। तर नेपालमा नेतृत्वको परिभाषा बदलिएको छ, झुकेको छ, विकृत भएको छ। राजनीति सेवाभन्दा बढी स्वार्थको अखडा बन्दै जाँदा जनताले नेतामा निष्ठा होइन, लोभ लालच देख्न थालेका छन्।

विडम्बना त के छ भने, नेताहरू स्वयं अब ‘हामी चोर हौं’ भन्नेसम्मको अवस्थामा पुगेका छन्। कुर्सी र सत्ताका लागि जो–कोहीलाई गिजोल्ने, अवसर पाएसम्म राज्यको स्रोत दोहन गर्ने, गल्ती भए दोष अरूमाथि थोपर्ने, आलोचना आयो भने प्रतिशोधमा उत्रने ।

यस्तै प्रवृत्तिले नेपाली राजनीति गन्हाउन थालेको छ। आज जनता मात्र होइन, स्वयं नेताहरूले नै नेतामाथि विश्वास गर्न छाडिसकेका छन्। निष्ठावान, इमानदार, जवाफदेही नेतृत्व भेट्न बत्ती बालेर खोज्दा समेत भेट्न मुस्किल पर्ने अवस्था छ।

अवसर नपाएसम्म आफूलाई पवित्र देखाउने र सत्ता हातमा परेपछि तिनै खेलीखपी गिजोल्ने प्रवृत्ति मौलाउँदै गएको छ। केही समयअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व विशेष आर्थिक सल्लाहकार एवं राज्यमन्त्री भइसकेका एक नेताले यसैगरी लत्तो छाडेका छन् ।

जसका कारण उनको नाम अहिले कालो सूचीमा परेको छ । नेकपा एमालेका नेता मोतीलाल दुगडले कर नतिरेपछि आन्तरिक राजस्व कार्यालयले कर तिर्न भन्दै उनको नामसहितको सार्वजनिक सूचना जारी गरेको छ ।

विराटनगरका उद्योगी दुगड पूर्वसांसद पनि हुन् । उनलाई केपी शर्मा ओलीले २०७७ सालमा विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए । आन्तरिक राजस्व कार्यालय विराटनगरले गत फागुन २० गते कर दाखिलाका लागि भन्दै १०१ व्यावसायिक फर्म र कम्पनीका नाममा १५ दिने सूचना जारी गरेको थियो ।

यसमा दुगडको एसिया केमिकल कम्पनी प्रालि विराटनगर १४, एसियन केम प्रालि विराटनगर १७ र विराटनगर २ मा रहेको ह्यारिसन प्यालेस प्रालिको पनि नाम समावेश छ । दुगड एसियन केमिकल कम्पनीको आयकर तिरिएको छैन ।

ह्यारिसन प्यालेस र एसियन केम प्रालिले मूल्य अभिवृद्धि कर नतिरेको कार्यालयले जनाएको छ । सूचना प्रकाशित भइसकेपछि ह्यारिसन प्यालेसको कर भने तिरिएको आन्तरिक राजस्व कार्यालय विराटनगरले जनाएको छ ।

अन्य कम्पनीको भने दुई वर्षदेखि कर दाखिला भएको छैन । सामान्यतया चार महिनामा भ्याट बिलको हिसाब बुझाउनुपर्छ । दुगडको कम्पनीले दुई वर्षदेखि बुझाएको छैन । दुगड मात्रै होइनन् विराटनरमा उद्योगीहरुको नेता मानिएका नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अभिनाष बोहराले पनि कर तिरेका छैनन् ।

उनको भूमि कन्स्ट्रक्सन प्रालिले दुई वर्षदेखि मूल्य अभिवृद्धिकर र आयकर दाखिला नगरेको हो । भावेश बोहरा सञ्चालक रहेको भूमि इन्फ्रास्ट्रक्चरले पाँच वर्षदेखि मूल्यअभिवृद्धि कर र आयकर बुझाएको छैन ।

भूमि कन्स्ट्रक्सन र भूमि इन्फ्रास्ट्रक्चर निर्माण क्षेत्रका कम्पनी हुन् । यी दुई कम्पनीले ठेक्का लिएका आयोजनाहरू अधुरै छन् । त्यस्तै, अर्का पूर्वका व्यापारी पवनकुमार राठीको कम्पनी सनराइज पेपर मिल्सले आयकर र मूल्य अभिवृद्धि कर तिरेको छैन ।

हंसराज जैनको अरिहन्त कम्पनीसहित २१ वटा कम्पनीले आयकर र मूल्य अभिवृद्धि कर नतिरेको भन्दै सूचना जारी गरिएको छ । यसैगरी यो सूचिमा विराटनगरका मोहन कुमार सुवेदीको प्रोफेशनल करियर्स एण्ड एजुकेशन प्रालि, तारानाथ निरौलाको खारजीमा रहेको विराट हेल्थ फुड प्रोडक्ट्स प्रालि, सारदाप्रसाद ढकालको पूर्वाञ्चल क्रसर उद्योग लगायतको नाम सार्वजनिक भएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top