×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ओलीको क्षेत्रमा महेश वस्नेतलाई दुर्लभको चुनौती

१५ कार्तिक २०७९

१५ कात्तिक, काठमाण्डौ ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन नजिकिएसँगै आन्तरिक जोड घटाउको गृहकार्यमा जुटेको नेकपा (एमाले)ले भक्तपुर क्षेत्र नं २ लाई आफूले जित्ने क्षेत्रका रूपमा लिएको छ । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई झण्डै दोब्बर मतले पराजित गरेका एमालेका नेता महेश बस्नेतको यो क्षेत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीका गृह क्षेत्र पनि हो ।

यहाँ अहिले बस्नेत नै दोहोरिएर उम्मेदवार बनेका छन् भने उनलाई नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले चुनौती दिएका छन् । क्षेत्र नं २ मा भने नेपाली कांग्रेस र नेमकिपाले आलोपालो जित्दै आएकामा २०७४ मा एमालेका महेश बस्नेत विजयी भएको उक्त क्षेत्रमा २०७० मा कांग्रेसका रामेश्वर ढुङ्गेल र २०७४ सालमा एमालेका बस्नेतले जितेका थिए ।

क्षेत्र नं २ मा कांग्रेस र एमाले बराबरको शक्तिमा रहेको छ । यसैको फाइदा उठाउँदै २०७४ मा एमालेले विजयको झण्डा फहराउन सफल भएको थियो । त्यतिबेला बस्नेतलाई माओवादीसहितको वाम गठबन्धनले सघाएको थियो । नेमकिपाका अनुराधा थापामगर तेस्रो भएकी थिइन् ।

बस्नेतले अत्यधिक मतका साथ विजय हासिल गर्नुमा वाम गठबन्धनको फाइदा त थियो नै २०७४ को स्थानीय तहको निर्वाचनको परिणाम र काँग्रेसका उम्मेदवार ‘टुरिस्ट’ हुनु पनि प्रमुख कारण थियो । अहिले परिस्थिति फेरिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा काँग्रेस पहिलो शक्तिका रूपमा उदय भएको छ ।

चार स्थानीय तह भएको भक्तपुरमा काँग्रेसले दुई पालिका मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाको प्रमुखमा जितेको छ । सूर्यविनायक नगरपालिकामा काँग्रेस पहिलेको तुलनामा थप मजबुत देखिएकाले एमालेको आन्तरिक मूल्याङ्कनमा भक्तपुर–२ लाई सहज जीत हुने क्षेत्रका रूपमा नभई जित्नसक्ने सम्भावित क्षेत्रका रूपमा लिइएको हो ।

भक्तपुरमा काँग्रेस आफैँमा बलियो मात्र भएको छैन, यसपटक उसलाई सत्ता गठबन्धनको फाइदा पनि देखिएको छ । पहिलेको तुलनामा सङ्गठन मजबुत भएको काँग्रेस क्षेत्र नं २ मा सत्ता गठबन्धनको समेत फाइदा उठाउँदै आफ्नो गुमेको सिट फिर्ता ल्याउने रणनीतिमा रहेको छ भने अर्कोतर्फ एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका बस्नेत पुनः निर्वाचित हुने दाउमा रहेका छन् ।

उक्त क्षेत्रमा गत स्थानीय तहको मत परिणामअनुसार यस क्षेत्रमा काँग्रेस पहिलो दल बनेको छ । दुबै नगरपालिकाका १९ वटा वडामध्ये काँग्रेसले ११ वटा वडासहित एक प्रमुख जितेको छ भने नेकपा एमालेले सात वडाध्यक्षसहित एक प्रमुख र एक उपप्रमुखमा जीत हासिल गरेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले एक उपप्रमुख जितेको छ । एउटा वडामा भने नेमकिपाका उम्मेदवार विजयी भएका छन् । यो क्षेत्रमा कांग्रेस र एमालेको जितमा नेपाल मजदुर किसान पार्टी र राष्टिय प्रजातन्त्र पार्टी निर्णायक हुने देखिन्छ ।

तर, नेपाल मजदुर किसान पार्टीेले जितकै लागि सिद्धान्तहिन एकता नगर्ने भन्दै आएकोले उसको आफ्नै छुटै उम्मेदवार हुने निश्चित छ । यस हिसाबले राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन जता हुन्छ उसैको जित हुने विश्लेषण छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top