×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ओलीलाई कतार भ्रमणको निम्तो, अमेरिका र थाइल्याण्ड पनि जाने

३० श्रावण २०८१

३० साउन , काठमाण्डौ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको एक महिना पूरा भएको छ । गएको असार १७ गते भएको एमाले र कांग्रेसबीचको ७ बुँदे सहमतिको जगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आफ्नो कार्यकालको सयदिनमा जनतालाई परिवर्तनको आभास दिने गरी काम गर्न मन्त्रीहरुलाई समेत निर्देशन दिइसकेका छन् । तर एक महिनाको बीचमा पनि सरकार विभिन्न विवादसँग जोडिसकेको छ ।

प्रधानमन्त्रीका रुपमा चौथो पटक देशको नेतृत्व गरिरहेका ओलीले यसपटक आफै नजिकका दुई छिमेकी राष्ट्रको भ्रमणमा जाने भन्दा पनि छिमेकी राष्ट्रका समकक्षीलाई नेपाल भ्रमणमा बोलाउने रणनीति बनाएका छन् । यसकै कारण उनले आफू नेपालका दुई छिमेकी भारत र चीनको भ्रमणमा जानुको साटो पहिले छिमेकीबाटै भ्रमण सुरु होस् भन्ने उद्धेश्यले भारतका समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

भारतीय विदेश सचिवमार्फत ओलीले मोदीलाई भ्रमणको निम्तो पठाएपनि उनको निम्तो मोदीले स्वीकार गर्ने नगर्ने यकिन भईसकेको छैन् । यस्तो अवस्थामा ओलीले आफू भने छिमेकी राष्ट्रको भ्रमणको साटो अन्य मित्र राष्ट्रहरुको भ्रमणबाट आफ्नो विदेश भ्रमण सुरु गर्ने तरखरमा रहेका छन् । यसका लागि ओलीको विदेश भ्रमणका लागि तीन देश तालिकाका परेका छन् ।

ती देशबाट ओलीलाई भ्रमणको निमन्त्रणा समेत आइसकेको छ । आज मात्रै आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसीडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका तर्फबाट निमन्त्रणा आएको छ ।प्रधानमन्त्री ओलीसमक्ष नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटेर निमन्त्रणा हस्तान्तरण गरेका हुन् ।

एसीडी मञ्चमा नेपालससिहत ३५ मुलुक आबद्ध छन् । मञ्चको १९औँ मन्त्रीस्तरीय बैठक गत २४ जुन, २०२४ मा इरानमा भएको थियो । नेपाल सन् २०१६ देखि यसको सदस्य छ । भेटका अवसरमा दुई देशका आपसी हित र सम्बन्धबारे छलफल भएको थियो । छलफलमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए । यसअघि गएको बैशाखमा कतारका राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि नेपाल आएका थिए ।

उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री पनि नेपाल आएका थिए । उनको भ्रमण द्विदेशीय सम्बन्ध कायम भएको ४५ वर्षपछि भएको थियो । यस्तै प्रधानमन्त्री ओलीले आउँदो महिना थाइल्याण्ड र अमेरिकाको भ्रमण गर्ने भएका छन् । उनी पहिला थाइल्याण्ड भ्रमण सकेर त्यतैबाट अमेरिका जाने छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलन सेप्टेम्बरमा थाइल्याण्डको बैंककमा हुने भएकाले त्यसमा सहभागिताका लागि प्रधानमन्त्री ओली जाने भएका हुन् ।

सेप्टेम्बर ४ वा ५ मा शिखर सम्मेलन हुने गरी अनौपचारिक छलफल भइरहेको छ । यसबीच आकस्मिक रूपमा अरू देशमा भ्रमण भएन भने प्रधानमन्त्री ओलीको चौथो कार्यकालको पहिलो विदेश भ्रमण थाइल्यान्ड हुनेछ । सेप्टेम्बर १० मा संयुक्त राष्ट्रसंघको ७९ औं महासभा हुने भएकाले थाइल्यान्ड भ्रमणलगत्तै प्रधानमन्त्री ओली अमेरिका जान सक्ने छन् । सेप्टेम्बर २४ देखि ३० सम्म महासभालाई सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले सम्बोधन गर्ने तालिका छ । प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top