×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ओलीलाई बाढीको चिन्ता भने ,उद्धारका लागि तयारी गर्नु

२० असार २०८०

२० असार, काठमाण्डौ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। आज (बुधबार) बिहानसम्म देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अहिले मधेस प्रदेशको सप्तरी जिल्लामा भारी वर्षा भइरहेको विभागले जनाएको छ।

कोशी नदीको जलाधार क्षेत्र रहेको सप्तरीको बरमझियामा पछिल्लो २४ घण्टामा १०४.६ मिलिमिटर वर्षा भएको छ। यस्तै, चुरिया नदीको जलाधार क्षेत्र सप्तरीको राजविराज विमानस्थल क्षेत्रमा पछिल्लो २४ घण्टामा १७६.८ मिलिमिटर वर्षा भएको छ।

बुधबार बिहानको मापनअनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम सेती, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरुको बहाब सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको विभागले जनाएको छ। विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुधबार केही जिल्लामा भएर बहने नदीहरुमा आकस्मिक बाढी आउनसक्ने जनाएको छ।

इलाम, झापा, पाँचथर, सिराहा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र आसपास भएर बहने केही स–साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।

रसुवा, काभ्रेपलाञ्चोक, ललितपुर, नुवाकोट, गोरखा, लमजुङ, कास्की, पाल्पा, स्याङजा, डोटी र आसपास भइ बहने केही स–साना नदीहरुमा बहाव बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ। यसैबीच नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विपद् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे जानकारी गराउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, “बाढीपहिरोबारे सर्वसाधारणलाई पूर्वजानकारी गराउन र आवश्यक उद्धार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु ।” उनले बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरूलाई यथोचित परिचालन गरोस् भनेर ध्यानाकर्षण समेत गराएका छन् ।

उनले भने, “भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले जनधनको क्षति भएका खबरहरू आइरहेका छन् । पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुने र यात्रुहरु प्रभावित हुने क्रम बढ्दै छ । त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरुमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्दछु ।”

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top