×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

४ पुस , काठमाण्डौ ।

जेनजी आन्दोलनबाट सत्ता बहिर्गमनमा परेपछि नेतृत्वको औचित्यतामाथि पार्टीभित्रैबाट प्रश्न खेपिरहेका केपी शर्मा ओलीको ११ औं महाधिवेशनबाट अध्यक्षमा पुनर्अनुमोदित भएपछि बोली समेत फेरिएको छ।

काठमाडौंको सल्लाघारीमा देशभरबाट उपस्थित हजारौँ कार्यकर्ताबीच नरम रुपमा प्रस्तुत भएका ओली अध्यक्षमा ह्याट्रिक गरेपछि भृकुटीमण्डपमा गरम देखिएका छन्। केपी ओलीले ईश्वर पोखरेलसहित अधिकांश पदाधिकारीका उम्मेदवारहरुलाई पाखा लगाएका छन् ।

धेरैजसो ओली प्यानलका विजयी भए । त्यसैले अध्यक्षमा विजयी भएपछि ओली भृकुटीमण्डपमा गरम सुनिए । पुन विजय भएपछि ओलीको आवाज निकै बलियो भएको देखियो । उनी जेनजी आन्दोनल र सरकारप्रति पनि आक्रामक देखिएका छन् ।

जेनजी आन्दोलनमा दमन गर्ने सरकारको नेतृत्व गरेको भन्दै ओलीमाथि कारबाही गर्न जेनजीहरुको दबाब कायम रहेको र जाँचबुझ आयोगले अब बयानका लागि बोलाउने अन्तिम तयारी गरिरहेका बेला एमाले नेतृत्व अर्थात आफूलाई सरकारले छोए देश ठप्प पार्ने र सरकार ढाल्न धम्की ओलीले दिएका छन् ।

बिहीबार महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको शपथग्रहणलगत्तै पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्षमा निर्वाचित ओलीले यस्तो चेतावनी दिएका हुन् ।उनले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण गर्ने पञ्चायतकालीन कूकर्मको थालनी गरिएको उल्लेख गर्दै आन्दोलनको लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन दिए ।

उनले सुशीला कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने भन्दै त्यसका लागि देशभरबाट तयारीमा रहन पार्टी कार्यकर्तालाई निर्देशनसमेत दिए । एमाले नेतृत्वमाथि जाइलाग्नु संसारकै सबैभन्दा महँगो पर्ने चेतावनी उनले दिए ।

उनले भनेका छन्, नेकपा (एमाले) को नेतृत्वमाथि प्रचारको हल्लाले भएन । अब भौतिक हमलाद्वारा आक्रमण गर्ने अथवा जाली मुद्दा लगाउने पञ्चायतकालीन कूकर्महरूको फेरि थालनी गर्ने हल्ला मच्चाइएको छ । यो मिडिया ट्रायल यथार्थ हल्ला हुन सक्दछ । म तपाईंहरूलाई भन्न चाहान्छु एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्दछ । यो सरकार ढल्नुपर्दछ । ढालिनेछ यो सरकार । यसका निम्ति नेकपा (एमाले) ले देशभरिबाट तयारी हालतमा बस्नुपर्दछ । संसारमा केही महँगो पथ्र्यो भने एमालेलाई छुनु महँगो पर्नेछ । यो कुराको लागि हामीले कुराले होइन कामले तयार हुनुपर्दछ । गरेर देखाउनुपर्दछ ।

सल्लाघारीमा संयमित भएका ओलीले लिखित भाषण गरेका थिए । तर शुक्रबार उनले विजयको खुशीसँगै आक्रोश ब्यक्त गरेका छन् । २०७१ सालबाट एमालेको नेतृत्वमा प्रवेश गरेका ओली महाधिवेशनबाट तेस्रोपटक अध्यक्षमा निर्वाचित भए ।

राजनीतिक यात्राका आफ्नै समकालीन नेता ईश्वर पोखरेल भन्दा करिब तेब्बर बढी मतसहित ल्याए । कुल २२२७ मत मध्ये १६६३ मत ओलीले प्राप्त गर्दा पोखरेलले जम्मा ५६४ मत मात्र ल्याए ।

एमालेका बहुमत महाधिवेशन प्रतिनिधिहरूले ओलीलाई लोकतान्त्रिक तरिकाबाट चयन गरी नेतृत्वमा वैधानिक रुपमा अनुमोदन गरेका छन् । यसले उनको पार्टी सत्ताभित्रको पकडलाई पुनर्पुष्टि गरेको छ ।

महाधिवेशनको परिणामले ओलीलाई पार्टी सत्तामा अब पाँच वर्ष बस्ने वैधानिकता दिएको छ । जेनजी आन्दोलनपछि उनको नेतृत्वमा प्रश्न उठेकैले निर्धारित समयभन्दा एक वर्षअघि नै एमालेले ११ औं महाधिवेशनबाट नेतृत्व चयन गर्ने निर्णय गरेको थियो ।

चार वर्षअघि चितवनमा भएको दशौं महाधिवेशनमा एमालेको आन्तरिक लोकतन्त्रको अभ्यासमा ओलीले नियन्त्रण गरेको भन्दै प्रश्न उठेको थियो । उनले त्यसबेला महाधिवेशनको हलमा पहिले एउटा आफ्नो सूची पेश गरेका थिए ।

सर्वसम्मतिको नाममा उनले त्यस्तो गर्दा एमालेभित्र प्रतिस्पर्धाको वातावरणमा अंकुश लागेको थियो । तर उनले प्रतिस्पर्धाबाटै आफूसहितको टिमलाई अनुमोदन गराएका छन् । तर ओलीको यो अनुमोदन र उनको आक्रोशित बोलीले भने जेनजीहरुलाई चिढ्याएको छ ।

जेनजी अगुवा रक्षा बमले ओलीको विजयलाई लक्षित गर्दै सामाजिक संजालमार्फत भनेकी छन्, उनीहरूले पुनः भ्रष्टाचार, अधिनायकवाद, स्वेच्छाचारिता, निरंकुशतालाई अनुमोदन गरे । केपी ओली एन्ड भजनमन्डली जनताको कठघरामा उभिएका हैनन ।

जनताले विश्वास दिन त बाँकी नै छ। युवाहरूले आफ्नो आवाज भदौ २३ मा सुनाए। जनताले ब्यालेटबक्समा सुनाउनेछन । उनले थप लेखेकी छन्, तानाशाहलाई उसका आसेपासेले बलियो बनाईरहेका होलान।

आखिर उनीहरूले बादशाहको नयाँ पोशाकलाई उम्दा छ भन्नैपर्छ। तर भीडमाझबाट चेतनशीलहरू, नडराएकाहरू बादशाह नाङ्गो छ भन्दैछन ÷ भनिरहेकै छन । हिस्सेदारहरूले याद गरून, प्रत्येक इतिहासले क्रुर तानाशाहलाई रिसाउदै घृणाले नै पढेको छ।

यस्तै अर्का जेनजी अगुवा सुदन गुरुङले समेत कसको पत्ता साफ हुन्छ अब हेरौला भन्ने टिप्पणी गरेका छन् । यसैबीच एमाले महाधिवेशनले २४ बुँदे प्रस्ताव पारित ग¥यो। जसमा धेरै विषय जेनजी आन्दोलनपछि देशको स्थितिबारे एमालेले आफ्नो नीति पारित गरेको छ ।

यद्यपि ओलीले सरकार र जेनजीबीच भएको सम्झौता अवैधानिक रहेको दोहो¥याएका छन् । उनले यो सम्झौता एमालेले कार्यान्वयन हुनै नदिने दाबी गरे ।ओलीले सरकार–जेनजी सम्झौतामाथि आपत्ति जनाएका हुन् ।

उनले यो सम्झौता कलाविहीन भद्दा नाटक भएको टिप्पणी गरे । ओलीले भने, ‘यो सरकारसँग संविधानलाई चलाउने कुनै अधिकार छैन । सरकार र जेनजीबीचको सम्झौता लागू हुन सक्दैन । एमालेले लागू हुन दिँदैन । कि चुनावको तयारी गर, नत्र बाटो लाग्दा हुन्छ ।’

२४ बुँदे पारित प्रस्तावमा सामाजिक सञ्जालको निर्वाध सञ्चालन, भ्रष्टाचारको विरोध र सुशासन लगायत विभिन्न माग राखेर नवयुवाहरुहरुले गरेको भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति महाधिवेशनले दुःख व्यक्त ग¥यो ।

‘नवयुवाहरूले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरेर जसरी निहत्था युवाहरूको हत्या हुने स्थिति सिर्जना गरियो, यो सामान्य सुरक्षा कमजोरी मात्रै थिएन । भदौ २३ गते कुनै न कुनै दुःखद घटना घटाएर भदौ २४ गते देशमा विध्वंश मच्चाउने सुनियोजित तयारी भइरहेको थियो भन्ने विभिन्न तथ्यहरूले पुष्टि गर्छन्,’ पारित प्रस्तावमा भनिएको छ ।

महाधिवेशन यस घटनाको स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरेको छ । प्रहरीका हतियार, गोलीगठ्ठा र लजिस्टिक लुट्ने, जेल तोडेर १४ हजार भन्दा बढी कैदीबन्दीहरू भगाउने र निर्दोष मान्छेहरूलाई घरभित्र जिउँदै जलाउने काम सुनियोजित षडयन्त्र भएको आरोप महाधिवेशनले लगाएको छ ।

‘यी आपराधिक कृत्यहरुको उद्देश्य एकै साथ मुलुकको लोकतान्त्रिक संरचना ध्वस्त पार्ने, अर्थतन्त्रको मेरुदण्ड भाँच्ने, समाजमा भय र त्रासको वातावरण बनाउँदै नागरिकहरुलाई निरिह तुल्याउने र क्रमशः असफल राष्ट्रतिर धकेल्ने थियो,’ पारित प्रस्तावमा भनिएको छ ।

गम्भीर, सुनियोजित र विभिन्न शक्ति केन्द्रहरू सङ्लग्न घटनाको छानबिनका लागि दक्ष, विज्ञ र निष्पक्ष आयोग बनाउन माग गरेको छ । ‘सरकारले पूर्वाग्रही, दूषित सोचयुक्त र दुराशय बोकेका व्यक्तिको नेतृत्वमा कथित छानबिन आयोग गठन गरेको छ । कुनै तथ्यले पुष्टि नगरे पनि तत्कालीन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत राजनीतिक नेताहरूलाई मुछ्ने पूर्व योजना बोकेको त्यस आयोगबाट सत्यतथ्य बाहिर आउँछ भन्ने विश्वास गर्न सकिँदैन । तसर्थ, यो महाधिवेशन उक्त आयोगलाई अमान्य घोषित गर्दछ र सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्छ भन्ने माग राख्दछ,’ प्रस्तावमा भनिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top