×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ओलीले वामपन्थी खोजे,माधव ओलीमाथि नै खनिए

४ श्रावण २०७९

४ साउन,काठमाण्डौ ।
वाम एकताका लागि तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यले गरेको प्रयासप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले तिखो टिप्पणी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल,राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम र नेता नारायणकाजी श्रेष्ठ मंगलबार पनि वाम एकताका लागि भन्दै छलफलमा जुटेपछि ओली उनीहरुमाथि खनिएका हुन् । केही समययता एकताका लागि भन्दै उनीहरु निरन्तर छलफल गर्दै आएका छन् । त्यसैप्रति ओलीले कटाक्ष गर्दै फेरि अर्को फुटका लागि एकता भन्दै व्यंग्य गरेका छन् । एमाले बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले त्यस्तो बताएका हुन् । यस्तै उनले वर्तमान सत्ता गठबन्धन भत्काउनका लागि प्रयास गर्न नहुने पनि बताएका छन् । उनले सत्ता गठबन्धभित्रका दलका नेताका स्वार्थले आफैं फुट्ने पनि दाबी गरे ।

ओलीले आगामी निर्वाचनमा अहिलेको सत्ता गठबन्धनमा रहेका दलहरूलाई साथ लिन आवश्यक नभएको पनि तर्क गरे । ’यिनीहरूको उद्देश्यमा, गन्तव्यमा, एकता होइन स्वार्थको एकता हो । स्वार्थको एकता स्वार्थको टकरावमा बदलिन्छ । त्यसैले धेरै हतार गरेर यिनीहरूको एकता तोड्नका लागि चाँदीको तरबार बनाउनु आवश्यक छैन । स्वार्थको टकरावबाट आफै फुट्छ, आफ्नै हिसाबले,’ उनले भने । तत्कालीन नेकपामा आफूले दिएको शक्ति लिएर आफैलाई सडकमा पु¥याएको र कारबाही गरिएको स्मरण गर्दै ओलीले कांग्रेसको नेतृत्वमा सरकारमा रहेकाहरू वामपन्थी दल हुनै नसक्ने बताए । माओवादी र एकीकृत समाजवादी वामपन्थी दल भए एमाले वामपन्थी नहुने उनको भनाइ थियो । एमालेसँग गठबन्धन गर्ने हो भने अहिलेको सत्ता गठबन्धन छोड्नुपर्ने ओलीको सर्त छ ।

कोही वामपन्थी भए गठबन्धन गर्न एमाले तयार छ । त्यसका लागि गठबन्धन छोडेर आउनुपर्छ,’ उनले भने । तर, उनीहरू एमालेसँग गठबन्धन गर्न आउनेमा आफू विश्वस्त नभएको उनको भनाइ थियो । ओलीले काँग्रेससंग मिल्न जाने बामपन्थी हुनै नसक्ने र उनीहरुको एकताको प्रयास भनेकै फेरि अर्को फुटका लागि हो र स्वार्थका लागि जोडिएका हुन् भनेर कटाक्ष गरिरहँदा यता नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि केपी ओलीमाथि खनिएका छन् । ओलीकै कारण नेकपा विघटन हुन पुगेको उनले पुनः आरोप दोहोर्याएका छन् ।गत वैशाख ३० गते आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा नेपालले यस्तो बताएका हुन् ।

हामीले विद्रोह गरेर आएका हौँ । नयाँ पार्टी बनाएर कमिटी बनिनसकेको अवस्थामा हामी निर्वाचनमा गयौँ’, उनले भने, ’ओलीका कारण कमरेड भन्नेहरु जति पाखा लागेर गए । पार्टीमा समस्या आए। पार्टीका बैठक बस्नै सकेनन्। बहुमत पुग्दैन कि भनेर बस्न छाडे। पार्टी चल्नै नसक्ने अवस्थामा पुगिसकेपछि पार्टीभित्र बस्न नसक्ने अवस्था भएपछि विद्रोह गर्यौँ।’

उनले एमाले ब्युँतिएपछि पनि आफूहरुलाई कारबाही गरेर निकाल्ने प्रयत्न थालिएको बताए । नेकपा विभाजनको प्रमुख कारण संसद विघटन पनि भएको नेपालको आरोप थियो । केही दिनअघि मात्रै नेपालले एमाले तथा एमालेका नेताहरुलाई गाली नगर्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । उनले एमाले आफ्नो पुरानो घर भएको र हाल उनीहरुले पनि आफूहरुलाई केही नभनेकाले एमालेका नेताहरुलाई गाली नगर्न उनले सुझाएका थिए । तर अहिले भने आफैं ओलीमाथि खनिएका हुन् । यस्तै नेपाल गठबन्धनप्रति पनि असन्तुष्ट रहेको जनाए । गत स्थानीय निर्वाचनमा गठबन्धनको गीत गाएर बस्दा पार्टी कमजोर भएको उनले स्वीकारेका हुन् । नेपालले गठबन्धनको कुनै भरोसा नभएको पनि जिकिर गरे ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top