Nepal Times
Nepal Times
3
Shares

‘ओलीले ६ बुँदे सर्त मानेपछि हाम्रो वार्ता सुरू भयो’

‘ओलीले ६ बुँदे सर्त मानेपछि हाम्रो वार्ता सुरू भयो’

२ जेठ, काठमाडौँ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ६ बुँदे सर्तअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अघि बढ्न तयार भएको बताउँदै ‘वार्ता थालिएको’ प्रस्ट पारेका छन् ।

बिहीबार र शुक्रबार ओलीसँग भएको छलफलबारे शुक्रबार ‘जुम’ बैठकमार्फत जानकारी गराउँदै उनले ‘कार्यदल गठनसहित विवाद समाधान गर्ने सहमति भएको’समेत प्रस्ट पारे । ओलीले २८ फागुनको निर्णय खारेज गरेर २ जेठ २०७५ मा जाने प्रतिबद्धता जनाएपछि कार्यदल बनाउने सहमति जुटेको हो ।

शुक्रबारको छलफलअनुसार शनिबार बिहानसम्म कार्यदल सदस्य टुंगो लगाउने सहमति भए पनि त्यसो भने हुन सकेन । एमाले सचिव गोकर्ण विष्टका अनुसार शनिबार साँझसम्म पनि कार्यदल सदस्य टुंगो लागेन ।

एमाले विवाद समाधान गर्न शुक्रबार सिंहदरबारमा बसेको ओली–नेपाल समूह छलफलमा रामबहादुर थापा ‘बादल’को सहभागिताप्रति समेत केन्द्रीय सदस्यले आपत्ति जनाए । बादल माओवादी केन्द्रबाट एमाले प्रवेश गरे पनि २ जेठ २०७५ को अवस्थामा उनी एमाले नभएकाले उनीहरूले आपत्ति जनाए ।

कार्यदल बनाएर माओवादी केन्द्रबाट आएकालाई जिम्मेवारी दिनेमा दुवै समूह नेता सहमत भए पनि छलफलमा ओलीले बादललाई सहभागी गराएपछि नेपाल समूहका नेताले आशंका व्यक्त गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.