×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ओली ग्याङको घेरा बन्दीमा एमाले

८ कार्तिक २०८२

७ कार्तिक , काठमाण्डौ ।

भदौ २३ र २४ गते भएको जेनजी विद्रोहको प्रमुख कारण नेपालका प्रमुख तिन दल त्यसमा पनि ती दलका तिन नेता हुन भन्ने कुरामा कुनै शङ्का छैन । काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यो देशका ७६ जना होनहार कलिला युवाको नरसंहार हुनु।

देशका एैतिहासीक धरोहर हरू खरानी हुनु । प्रतिनिधि सभा विगठन भएर संविधान कोमामा पुग्ने मात्र हैन व्यक्तिका घर र व्यवसायी प्रतिष्ठानहरू जलेर खरानी हुनुको प्रमुख कारण यी नै तिन नेता हुन जसले व्यक्तिलाई भ्रष्ट बनाए ।

आफूले अकुल सम्पत्ति कमाए र सत्तालाई सधैँ खेलौना बनाए । नेपाली जनतामाथि सधैँ शासक बनेर शासन मात्र गरी रहे । हरेक कुराको सीमा हुन्छ । जब अपराधको घैला भरिन्छ अनि त्यो आफै फुट्छ भने झैँ जेनजी विद्रोहले नेताहरूको अपराधको भरिएको घैला फुटाइ दियो ।

काले काले मिलेर खाऊँ भाले भन्ने सिद्धान्त प्रतिवादन गरेका यी तिन नेता मध्येका प्रमुख पात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जो यो देशका त्यस्ता पहिला प्रधानमन्त्री हुन जसले प्रधानमन्त्री निवासबाटै ज्यान जोगाउन नेपाली सेनाको हेलिकप्टर चढेर भाग्नु पर्योल ।

आज मुलुक नयाँ युगमा प्रवेश गर्ने तयारीमा छ । सडकबाट जनताको सरकार बनेको छ । फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ । नेकपा माओवादी केन्द्रले निर्वाचनमा जाने निर्णय गरी सकेको छ ।

कांग्रेसपनि निर्वाचनबाट नभाग्ने भन्दै केन्द्रीय समितिबाट निर्णय लिने तयारीमा छ । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने जेनजी विद्रोहका सबै उपलब्धिलाई खारिज गदै निर्वाचनमा नजाने अडान लिएको छ ।

हुन त यो एमालेको सामूहिक निर्णय भने हैन । ओलीको आदेशमा आएको निर्णय मात्र हो । लोकतन्त्रको प्राण भनेको निर्वाचन हो । आखिर किन ओली त्यही निर्वाचनबाट भाग्न खोजी रहेका छन् त रु के एमाले साची निर्वाचन विरोधी हो त रु कि एमालेमा ओली हिट्लर मात्र बन्न खोजेका हुन ?

नेकपा विभाजनदेखि माधव नेपाल झालनाथ खनाललाई पार्टीबाट गलहत्त्याउने मात्र हैन भीम रावल सम्मलाई भित्ता पुर्योएका ओलीले पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा आउने ढोका बन्द सम्म गर्ने काम गरेर पार्टीलाई हिट्लर शैलीमा चलाउने अभ्यास गरी रहेका छन्।

ओलीको शैली हिट्लरको ‘म मात्रै सही’ मनोविज्ञानसँग मिल्दोजुल्दो देखिन्छ। पार्टीलाई संस्थागत निर्णय होइन, व्यक्तिगत सोचअनुसार चलाउने प्रवृत्ति अहिले एमालेमा बलियो बनेको छ। एमालेभित्र अहिले सैद्धान्तिक बहस सुस्त छ, तर ओलीको निरङ्कुश प्रवृत्तिप्रति असन्तुष्टि मौन रूपमा बढ्दै गएको भनाइ नेताहरूको छ।

पार्टीभित्र एकल निर्णय, ‘ग्याङ’प्रवृत्तिआलोचकको बहिष्कारले सङ्गठन कमजोर बन्दै गएको विश्लेषण गर्न सकिन्छ। नेकपा एमाले अहिले इतिहासको सबैभन्दा निर्णायक मोडमा उभिएको छ।

लामो समयदेखि केपी शर्मा ओलीको एकल नेतृत्वमा बाँधिएको यो पार्टी भित्रभित्रै राजनीतिक दिशाहीनता, सङ्गठनगत अनुशासन र विचार धारात्मक अस्पष्टतासँग जुधिरहेको छ।

प्रश्न उठ्न थालेको छ के एमाले ओली ग्याङको छायाबाट मुक्त भई पुनः लोकतान्त्रिक बाटोमा उभिन सक्छ रु ओलीका विगतदेखि वर्तमान सम्मका गतिविधि हेर्दा त्यो सम्भव देखिन् ।

केपी शर्मा ओली करिब एक दशकदेखि एमालेको केन्द्रमा छन्। उनी पार्टीका अध्यक्ष मात्र होइन, चार पटकका प्रधानमन्त्री, विपक्षी दलका नेता र राष्ट्र राजनीतिका निर्णायक पात्र पनि बने।

तर, यही लामो वर्चस्वले एमालेभित्र ‘ओली ग्याङ’ नामक संरचना जन्मायो जहाँ सत्ताको नजिक हुनेहरू पुरस्कृत भए र असहमतिहरू क्रमशः किनारमा धकेलिँदै गए। माधव नेपाल, झालनाथ खनाल, भीम रावल, घनश्याम भुसालजस्ता नेतामाथि गरिएको कारबाही त्यसको प्रमाण हुन्।

आलोचकहरू भन्छन् एमाले पार्टी होइन, ओलीको निजी प्रा।ली। बन्दै गएको छ। ओलीले विधान महाधिवेशनमार्फत आफूलाई आजीवन अध्यक्ष जस्तै शक्तिशाली बनाउने व्यवस्था गरेपछि, पार्टीको आन्तरिक लोकतन्त्र झन् निष्प्रभावी बन्दै गएको छ ।

राजनीतिक विश्लेषकहरू ओलीलाई प्रायः “हिट्लर” वा “स्टालिनवादी” प्रवृत्तिको प्रतीकका रूपमा व्याख्या गर्न रुचाउँछन् । उनको नेतृत्व शैली, आलोचकहरूका अनुसार, संवाद होइन नियन्त्रणमा केन्द्रित छ।

एमालेको मूल विचारधारा मदन भण्डारीले प्रतिपादित जनताको बहुदलीय जनवाद ९जबज० हो जसको आधार लोकतान्त्रिक समाजवाद हो। तर ओलीको अभ्यासमा जबज होइन, जनवादी केन्द्रीयता (निरङ्कुशता) बलियो बनेको छ।

यही कारणले, एमालेको ऐतिहासिक छवि प्रगतिशील र जनमुखी शक्तिको क्रमशः हराउँदै मात्र गएको छैन जनतामा बढी आलोचित हुँदै गएको छ तर ओली यो कुरा मान्न तयार छैनन् । अहिले पनि उनी आफ्नै जिद्दीमा छन् । चुनावमा जान डराउँछन् । पार्टी भित्र आउनेहरूका लागि ढोका बन्द गर्छन् ।

अनि आफ्ना वरिपरि भजन टोली राख्छन् र त्यसैमा रमाउँछन् । ओलीको राजनीतिक भाषामा राष्ट्रवाद सधैँ प्रमुख रह्यो, तर त्यो समावेशी भन्दा पनि सङ्कीर्ण रूपमा प्रकट भयो। जातीय, भाषिक, र लैङ्गिक अधिकारका संवैधानिक प्रावधानप्रति उनी सधैँ संशयवादी देखिए।

उनको राष्ट्रवाद “महेंद्रपथीय पहाडे पुरुष प्रधान सोच” मा आधारित छ भन्ने आरोप लाग्दै आएको छ। त्यसैले उनी अब राजनीतिक व्यक्ति मात्र होइन, एकप्रवृत्ति असहिष्णु राष्ट्रवाद, शक्ति मोह, र ग्याङ राजनीतिको मिश्रणको प्रतिनिधि बनिसकेका छन्। ।

एमाले मात्रै होइन २०७५ सालमा माओवादी केन्द्रसँग एकता गरी ओली नेकपाकै प्रथम अध्यक्ष बने ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल लगायतका सर्वोच्च नेता बन्न पुगेका थिए ओली ।

आफ्नै अहङ्कारले पार्टी फुटाएर प्रचण्डलाई मात्र हैन जीवनभरका आफ्ना सहकर्मी दुईयोद्धा माधव कुमार नेपाल र झलनाथलाई पनि बिदा गरेर नेकपा एमाले वित्याउँदै त्यसैमा एकल राज गर्न थाले।एमालेमा समुहीकता ओली नेतृत्वमा आए पछि अन्त्य भयो।

ओलीले जे बोल्छ त्ही निर्णय र नीति हुन थाल्यो।विरोधमा जो बोल्छ त्यसले एमालेबाट निस्कन तयार हुनुपर्ने दिन आए।त्यसैमाओली ग्याङ पनि रमाइ रर्यो । एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थका कारण दुई–दुई पटक असंवैधानिक संसद् (प्रतिनिधिसभा) विघटन गरे ।

जनताको सार्वभौम सत्ता प्रयोग गर्ने संसद लाई बन्दी र असफल बनाउने कार्यमा लाग्दा उनलाई रोक्ने हिम्मत भएका कोही देखिएनन् । भदौ २३ र २४ गतेको ‘जेन–जी विद्रोह’ एमाले नेतृत्वको असफलताको चरम प्रतीक बन्यो।

युवाहरूको आक्रोश, सडकमा उत्रिएको भीड, र सरकारप्रतिको घृणा यी सबै ओली सरकारकै दम्भ, दमन र असंवेदनशीलताको परिणाम हुन्। । तर ओली यी सबै आफू विरुद्धका संयन्त्र भएको आरोप लगाउँछन् ।

उनी आफूले सरकारमा बस्दा होस या पार्टीमा एक छत्र राज गर्दा भएका कमी कम्जोरलाई स्विकार्न तयार छैन ।  सरकार प्रमुखका रूपमा ओलीले आन्तरिक असन्तुष्टि बुझ्न सकेनन्, सुरक्षा निकायको विश्वास गुमाए, र जनता–राज्य सम्बन्ध नै भत्काइदिए। यसले मुलुकलाई संवैधानिक अस्थिरता र भूराजनीतिक अनिश्चिततामा धकेल्यो।

२०७२ को संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको मार्ग देखाएको थियो। तर ओलीजस्ता शक्तिशाली नेताको केन्द्रमुखी सोच र सङ्घीयता विरोधी व्यवहार ले प्रणाली नै कमजोर बनायो।

प्रदेशहरू असहयोगी र निकम्मा बन्न पुगे, सङ्घीयता जनताको नजरमा अर्थहीन बन्न पुग्यो । राजनीतिक दलहरूले पुनर्संरचना र दण्डहीनता अन्त्य गर्न नसक्दा राज्य फेरि पुरानै शैलीतिर फर्किँदै गएको छ जहाँ व्यक्ति संस्थाभन्दा ठुलो हुन्छ।

त्यही रोगले ग्रसित छ आज एमाले मात्र हैन काँग्रेस र माओवादी पनि । नयाँ भनिएको रास्वपाले पनि रबी लामिछाने भन्दा अरू कसैलाई देख्दैन । एउटा राजा फ्याँकेर हरेक पार्टीमा छोटे राजाहरू जन्मिएका छन् । यिनीहरूले आफ्ना पाटी मात्र हैन देश समेत बवार्द गरेकै कारण आजको अवस्था आएको हो ।

एमालेका अधिकांश नेताहरू ओलीको निरङ्कुश अभ्यासबारे जान्दछन्, तर बोल्ने हिम्मत गर्दैन । यही अपराध बोध अहिले एमालेभित्र व्याप्त छ। विरोधी नेताहरू कमजोर छन्, र ओलीका नजिकका ‘भक्त’हरू अझै धूप धुवाएर उनलाई अग्ल्याइरहेका छन्।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको गैर दलीय सरकारपछि एमालेले आत्म मूल्याङ्कन गर्ने अवसर पाएको छ। तर यदि पार्टीभित्र पुनर्संरचना, विचार–परिवर्तन र युवा नेतृत्व उदाउन सकेन भने, एमालेको अस्तित्व नै खतरामा पर्न सक्छ। राजनीतिक विश्लेषकहरूको निष्कर्ष स्पष्ट छ

“यदि एमाले ओली ग्याङबाट मुक्त भएन भने, विकल्प खोजिनेछ — र त्यो विकल्प वाम विचारमै सीमित नहुने।”केपी ओली नेपाली राजनीतिका “खलनायक” मात्र होइन, एउटा राजनीतिक संस्कृतिका प्रतीक हुन् जहाँ सत्ता नै उद्देश्य हुन्छ।

तर प्रत्येक सत्ता एक दिन ढल्छ, र इतिहासले प्रश्न सोध्छ एमालेले के अब पनि व्यक्ति पूजाको राजनीतिमा बाँधिन चाहन्छ रु कि नयाँ पुस्ताको हातमा नयाँ सोच सुम्पिन तयार छ रुयदि उत्तर दोस्रो हो भने, एमाले अझै जलेर खरानी बनेको छैन त्यो खरानीमैबाट नयाँ जीवन अंकुरिन सक्छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top