Nepal Times
Nepal Times
3
Shares

ओली-नेपालबीच सकरात्मक वार्ता, राजीनामा दिने कुरा टर्‍यो

ओली-नेपालबीच सकरात्मक वार्ता, राजीनामा दिने कुरा टर्‍यो

३० बैशाख, काठमाडौं । प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच बिहिबार सकरात्मक वार्ता भएको छ ।

चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा अध्यक्ष ओलीसँग झन्डै ४ घन्टा वार्ता गरेपछि बाहिरिएका नेता नेपालले वार्ता सकरात्मक भएको बताए । साथै, तत्कालाई राजीनामाको स्थिति टरेको समेत बताए ।

पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेपालले भने, ‘आज सांसदहरुले राजीनामा दिने कुरा दुई चार दिनलाई ट¥यो ।’

ओलीसँग फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भएको नेता नेपालले बताए ।

वार्तापछि प्रधानमन्त्री ओलीले भने संवाददातालाई कुनै पनि प्रतिक्रिया दिएनन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.