×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन

२६ मंसिर २०८२

२५ मंसिर , काठमाण्डौ ।

एमालेको ११ औं महाधिवेशन आउन २ दिन मात्रै बाँकी रहदा वर्तमान अध्यक्ष तथा अध्यक्षका दाबेदार केपी शर्मा ओलीले सम्पादकहरुसँग अन्तरक्रिया गरेका छन् । जेनजी आन्दोलनपछि ओलीको सम्पादकहरुसँगको यो दोस्रो अन्तरक्रिया हो ।

जहाँ ओलीले विगत जस्तै जेनजी आन्दोलन र सुशीला सरकारमाथि खनिएका छन् भने अध्यक्षमा दाबेदारी गरिरहेका ईश्वर पोखरेललाई पनि निशानामा पारेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारले हिजो जेनजी अगुवाहरूसँग गरेको सम्झौतालाई कलाविहीन नाटकको संज्ञा दिएका छन् ।

यो नाटकको हिजै पटाक्षेप भएको उनले टिप्पणी गरे । अन्तरक्रियामा बोल्दै ओलीले सरकारसँग यस्तो सम्झौता गर्न म्यान्डेट नै नरहेको बताए । उनले भने ,हिजोको एउटा कलाविहीन थियो । नाटकको पटाक्षेप कसरी भो त्यो दृश्य पनि सम्झना होला ।

जति कलाविहीनताका साथ नाटकको पर्दा उठेको थियो, त्यही कलाविहीनताका साथ पटाक्षेप भएको छ । त्यसमा धेर भन्नुपर्छ र ? यो सरकार कुनै त्यस्तो सम्झौता गर्नै सक्दैन । कहाँबाट म्यान्डेट पायो सरकारले ? कसैले भोट हालेर चुनेको सरकार हो ? गोबर लगाएर टाँसेको होइन ?

त्यस्तो सरकारले पनि कोको बोलायो, कसलाई कागज थमायो, यो कागज लिएर आऊ भन्यो । रिहर्सलमा सिकाएको बोल्दै जाँदा केटाकेटीले बिगारे । सिकाएको पाठ बिग्रियो । गडबड भयो । त्यहीँ अस्वीकार भयो । उनीहरूले नै च्याते त्यो । हामीले त्यस्ता फजुल कागजहरूलाई कुनै मान्यता दिने भन्ने प्रश्नै हुँदैन ।

यो कलाविहीन भद्दा नाटक हो । ओलीले वर्तमान सरकार नागपञ्चमीमा गोबर लगाएर टाँसिएको नागजस्तै भएको अर्को टिप्पणी गरे । उनले भने, ‘सरकारले फेद न टुप्पोको ताहुरमाहुर देखाइरहेको छ ।

नागपञ्चमीमा गोबर लगाएर टाँसे जसरी कसले ल्याएर टाँसेको सरकार हो यो ? यो नागको फोटो कसले टाँस्यो मैले थाहा पाएको छैन । खोज्दैछु ।’ ओलीले प्रतिनिधिसभा पुनस्र्थापना एक मात्र सर्त रहेको पनि बताएका छन्।

उनले जुनसुकै बाटोबाट भए पनि प्रतिनिधिसभा पुनस्र्थापना आवश्यक रहेको बताएका हुन्। अनधिकृत रूपमा गठन भएको वर्तमान सरकारलाई जननिर्वाचित प्रतिनिधिहरूको संस्था प्रतिनिधिसभा विघटनको कुनै अधिकार नरहेको बताउँदै उनले संविधान र लोकतन्त्र रक्षाका लागि पनि प्रतिनिधिसभा पुनस्थापना अपरिहार्य रहेको बताए।

यस्तै ओलीले संवैधानिक व्यवस्था र प्रणाली परिवर्तनका लागि अहिलेको सरकारसँग म्याण्डेट नभएको बताएका छन्। उनले एमालेले उतारचढाव भोगेकाले संकटको समाधान गर्न सक्षम रहेको बताए। ओलीले सर्वोच्च अदालतबाट संसद् पुनस्र्थापना हुने दाबी गरे।

ओलीले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा करकापपूर्ण सहमतिको प्रयास नहुने पनि बताएका छन्। भरसक सहमतिबाटै नेतृत्व चयन गरिने जानकारी दिए। यद्यपि, सहमति हुन नसकेको खण्डमा करकाप नगरी स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व छानिने उनले स्पष्ट पारेका छन्।

उनले प्रतिनिधिहरूले विश्वास गरेमा आफ्नो पार्टी अध्यक्ष पद निरन्तर रहने स्पष्ट गर्दै भने, ‘म थपिनेवालमा पर्दिन, निरन्तरतासम्म हुनसक्छ, प्रतिनिधिले पत्याएनन् भने मेरो पनि हट्ने सम्भावना हुन सक्छ। लोकतान्त्रिक पार्टीमा आग्रह, जिद्दी र हठले हुँदैन, त्यस कारण सहमतिमा जाँदा मैले छाड्ने सहमति भयो भने पनि म हट्ने स्थिति बन्न सक्छ, अथवा प्रतिनिधिले साथ नदिए, भोट नदिए हट्ने सम्भावना हुन सक्छ।’

एमाले विरुद्ध करौँती जस्तो नीति बनाइएको भन्दै उनले सहमति हुँदा पनि लोकतान्त्रिक अभ्यासलाई रोकेर सहमति गराए भन्ने आरोप लाग्ने गरेको र मतदानमा जाँदा पनि भाँडभैलो भयो भन्ने आरोप लाग्ने गरेको गुनासो गरे।

यस पटक दबाब दिएर मिलाउने योजना नभएको बताउँदै उनले स्वच्छ प्रतिस्पर्धा वा बिना करकाप नेतृत्व छानिने विश्वास व्यक्त गरे। केपी ओलीले छाडे सहमति हुन्छ भनेर पूर्वसर्त राख्नेहरूसँग आफ्नो सहमति नहुने ओलीले बताए।

म दबाबमा काम गर्ने मान्छे होइन, उहाँले बाहिर बाहिर उम्मेदवारी घोषणा गरेर हिँड्नु भएको छ, मसँग कुरा गर्नु परÞ्यो नि, मसँग त कुरा गर्नुभएको छैन,’ ओलीले भने। ओलीले नेतृत्वको विषयमा सर्त राखेर सहमति नहुने पनि बताएका छन्।

अन्तरक्रिया कार्यक्रममा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अभिव्यक्तिको जबाफ दिँदै संवादबाट मात्रै सहमति हुने बताएका हुन्। ’कुराबाट पो सहमति हुन्छ त। पूर्वसर्त राखेर सहमति हुन्छ?,’ ओलीले भने।

यसअघि बुधबार सम्पादकहरूसँग छलफल गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनमा ओलीले आफूबाहेक अरूलाई अध्यक्ष घोषणा गरे सहमति हुन सक्ने बताएका थिए। ’छोड्छौ भनेर सहमति भनेर हुन्छ? मसँग भन्नुप¥यो। मसँग भन्नुभएको छैन। बाहिर–बाहिर उम्मेदवारी घोषणा गर्नुभाछ,’ उनले भने।

उनले सहमतिका लागि कसैलाई दबाब नदिने पनि बताए। ’संवादबाट सहमति भयो भने त्यो सहमति हो। दबाबबाट गर्न चाहँदैनौं,’ उनले भने। एमाले महाधिवेशन शनिबारदेखि सुरू हुँदैछ। आगामी नेतृत्वका लागि ओलीसँगै ईश्वर पोखरेलले पनि उम्मेदवारी दिने तयारी गरेका छन्।

नयाँ खुलेका दलहरुप्रति आक्रमक देखिएका ओलीले देशमा १४३ दल भएपनि अबको निर्वाचन पछि पनि काग्रेस र एमाले नै सबैभन्दा ठूलो शक्ति हुने बताए । ओलीले एमालेले कसैलाई हेडलाइन दिनका लागि कुकुरको खुट्टा टोक्न नजाने समेत टिप्पणी गरेका छन् ।

यस्तै ओलीले आफू प्रधानमन्त्री निवास बालुवाटारबाट ‘भागेको’ भन्ने आरोपको प्रतिवाद गरेका छन् । ओलीले आफू भागेको नभई राजनीतिक षड्यन्त्र र घेराबन्दीबाट जोगिन सुरक्षित स्थानमा सरेको बताएका हुन् ।

आफ्नो बचाउका क्रममा अध्यक्ष ओलीले महाभारतको ‘लाक्षागृह’ को प्रसङ्ग कोट्याए । उनले विपक्षी गठबन्धनका नेताहरूलाई कौरव पक्षका दुर्योधन, शकुनि र दुशासनसँग तुलना गर्दै आफूलाई पाण्डवसँग दाँजे ।

’भाग्न त कौरवहरूले–दुर्योधन, शकुनि र दुशासनहरूले लाक्षागृह बनाएर भित्रै जलाएर मार्न खोज्दा पाण्डवहरू पनि एकतिरबाट आगो लगाएपछि अर्कातिरबाट भाग्दिए,’ ओलीले भने, ’भागेकै हुन् पाण्डवहरू। तर उनीहरू कातर भएर भागेको होइन, बुद्धि पु¥याएर भागेका हुन् ।’

उनले आफूलाई चौतर्फी घेराबन्दी गरेर सिध्याउन खोजिएपछि अस्तित्व रक्षाका लागि बालुवाटार छोड्नुपरेको तर्क गरे। ’दुष्टहरूको घेराबन्दी तोड्नु पर्दो रहेछ, त्यस्ता प्रयासहरूलाई असफल पार्नु पर्दो रहेछ, जस्तो पाण्डवले पारेका थिए,’ उनले थपे ।

ओलीले आफू त्यतिबेला कामचलाउ प्रधानमन्त्रीकै हैसियतमा रहेको भन्दै भाग्यो भन्ने टिप्पणीलाई अस्वीकार गरे। उनले प्रश्न गरे, ’म केयरटेकर प्रधानमन्त्री छँदै थिएँ । भागेर केयरटेकर प्रधानमन्त्री हुन्छ? प्रधानमन्त्री भाग्यो भनेको केयरटेकर भएर भाग्छ ?’

विपक्षीहरूले आफूलाई जितेर लखेटेको नभई आफूले नै मुकाम परिवर्तन गरेको उनको दाबी थियो। ’मैले किन बालुवाटार छोडे भन्दा नछोड्न सक्थेँ,’ ओलीले भने, ’वल्लो घरबाट पल्लो घर सर्दिएँ भने राम्रो होइन ?’  विपक्षीहरूले ‘ओली भाग्यो’ भन्दै गरेको टिप्पणीप्रति व्यङ्ग्य गर्दै उनले यसलाई केटाकेटीको रमाइलोसँग तुलना गरे।

’भाग्यो, भाग्यो भन्दा बच्चाबच्चीहरू खुसी हुन्छन् क्या! उसले खेदे जस्तो गर्छ, आफू कुद्दिनु पर्छ,’ ओलीले भने, ’म कार्यवाही प्रधानमन्त्री चलाइराखेको छु, भाग्यो कसरी ?’ उनले आफूमाथि भएको घेराबन्दी र आक्रमणबाट जोगिनुलाई कायरता नभई बुद्धिमत्तापूर्ण कदम भएको जिकिर गरे ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top