×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

२ पुस , काठमाण्डौ ।

नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत अहिअ‍े नेतृत्व चयनका लागि मतदान भइरहेको छ । भृकुटीमण्डपमा अध्यक्षका प्रत्याशीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेर सुरु गरेपछि अहिले प्रतिनिधिहरुले धमाधम मतदान गरिरहेका छन् ।

सुरुमा मतदान गरेका ओली र पोखरेललाई ४० मिनेट समय लागेको थियो। अहिले एक पटकमा ५० जना भित्र पठाइएको छ । भित्र छिरेपछि सुरुमा प्रतिनिधि कार्ड स्क्यान गरिन्छ । निश्चित ठाउँमा पुगेपछि प्वाल पारिन्छ ।

त्यसपछि बुथ ‘मेसिन’मा प्रवेश हुन्छ । भित्र फोटोसहित उम्मेदवारको सूची छ । मत हालेकाहरुको अनुभव अनुसार मेसिनमा घरीघरी टच नभएर डबल ट्याप गर्नु परेको छ । त्यो गर्दा बेलाबेला भोट ‘विथड्र’ हुन्छ ।

त्यसपछि पुनः मत हाल्न मेसिनले स्क्रिनमा सूचना दिन्छ । जति उम्मेदवार छन्, त्यतिलाई मत हाल्न मेसिनले जनाउ दिन्छ । सङ्ख्यामा केही छुटे मेसिनले ‘यति भोट हाल्न बाँकी छ’ भन्छ । त्यसपछि मतदाताले भोट हाल्नसक्छन् ।

उम्मेदवारहरूको सूची भोटिङ मेसिनको १५ वटा पेजमा बाँडिएको छ। प्रत्येक पेजमा नाम भएका सबै उम्मेदवारलाई भोट हालेपछि अर्को पेजमा जान पाइन्छ। एउटा पेजमा भएका सबै उम्मेदवारलाई भोट हाल्यो कि हालेन भनेर स्क्रिनमै संकेत चिह्न आउँछ।

एउटा पेजबाट अर्को पेजमा फड्किनुअघि सबैलाई भोट हालियो कि हालिएन भनेर जाँच्न पाइन्छ। एकचोटि अगाडिको पेजमा फड्किएपछि फेरि फर्किएर आउन पाइँदैन। मतदान गरेका प्रतिनिधिहरुका अनुसार एक जनालाई २५ देखि ४० मिनेटसम्म समय लागेको छ ।

प्रविधिमैत्री मान्छेलाई २५ मिनेट लाग्ने उनीहरुको अनुभव छ । भित्र फोन लिन दिइएको छैन । तर, लिस्ट बोकेर जान दिइएको छ । अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेललाई लगभग बराबर समय लागेको छ।

ओलीले करिब ४० मिनेटमा सबैलाई भोट हालेको प्राविधिक लक्ष्मण रिमालले जानकारी दिएका छन् । उनका अनुसार अर्का अध्यक्ष दाबेदार ईश्वर पोखरेलले पनि लगभग यति नै समयमा भोट हालेर सकेका थिए।

उनीहरू दुई जनाले सँगसँगै मतदान सुरू गरेको र सक्दा पनि झन्डै एकै समयमा सकेको रिमालले जानकारी दिए। ओली खेमाबाट उपाध्यक्ष उम्मेदवार विष्णु पौडेलले २५ मिनेटमा भोट हालेका थिए भने पोखरेल समूहबाट महासचिव उम्मेदवार सुरेन्द्र पाण्डेलाई ३० मिनेट लागेको थियो।

मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएको छ। ओली र पोखरेल दुवैले आ–आफ्नो समूह बनाएर प्रतिस्पर्धा गर्दैछन्। जारी महाधिवेशनबाट एक अध्यक्ष, ५ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ९ जना सचिव साथै ३०१ जना केन्द्रीय सदस्य चयन हुनेछन्।

५ जना उपाध्यक्षका लागि अरूण नेपाल, गुरूप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन्।

महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन्। त्यस्तै ३ जना उपमहासचिवका लागि आनन्द प्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार छन्।

९ जना सचिव पदका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगरादज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत,. यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की छन्।

जारी महाधिवेशनमा १९ पदाधिकारीका लागि ४१ जना उम्मेदवार छन् भने ३०१ केन्द्रीय सदस्यका लागि ६ सयभन्दा बढी उम्मेदवार छन्। सबैलाई भोट हाल्न करिब साढे तीन सय पटक बटन थिच्नुपर्छ।

भृकुटीमण्डपमा बिहान ८ बजेदेखि सुरू हुने भनिएको मतदान केही ढिला गरी साढे ९ बजेदेखि मात्रै मतदान सुरू भएको हो। विहान ९ बजेर १० मिनेट जाँदा पहिलो मतदान भएको विद्युतीय भोटिङ मेसिनमा ११ बजेर १० मिनेट जाँदासम्म २०० जनाले मतदान गरेका छन् ।

विद्युतीय भोटिङ मेसिनका व्यवस्थापक रामप्रसाद रिमालका अनुसार मतदाताले सुस्त गतिमा मतदान गरिरहेका कारण ढिलाई भएको हो । यही रफ्तारमा मतदान भए अबको १० घण्टामा मतदान सकिने अनुमान रहेको रिमालले बताए ।

एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top