Nepal Times
Nepal Times
3
Shares

ओली र देउवाबीच गोप्य भेटवार्ता भएको खुलासा

ओली र देउवाबीच गोप्य भेटवार्ता भएको खुलासा

काठमाडाैं : नेकपाभित्र विवाद बढिरहेकै बेला प्रधामन्त्री केपी शर्मा ओलीले गरेको एउटा भेटघाटले तरंग ल्याएको छ । ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ ।

नेकपाभित्र शक्ति संघर्ष सतहमा आइरहेको बेला ओलीले देउवासँग तीन दिनअघि बालुवाटारमा भेटवार्ता गरेको र सो भेटवार्ताबारे विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ । देउवा र ओलीबीच असार १७ गते राति बालुवाटारमा करिब डेढ घण्टा गोप्य छलफल भएको थियो ।

काँग्रेस उपसभापति बिमलेन्द्र निधिको दावी अनुसार त्यसदिनको भेटघाट संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको विषयलाई लिएर मात्रै भएको थियो ।

यसबारे पार्टीभित्र पनि आशंका बढेर सोधखोज गर्दा यो विषयमा मात्र कुरा भएको देउवाले जानकारी गराएको निधिको भनाइ छ । ओली र देउवाबीचको भेटघाटले नेकपामा ओलीइतर खेमालाई त आशंकित बनाएकै छ, काँग्रेसभित्र पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह सशंकित छ । ,यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.