Nepal Times
Nepal Times
3
Shares

ओली समुहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट हटायो देव गुरुङलाई

ओली समुहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट हटायो देव गुरुङलाई

१४ फागुन, काठमाडौँ । नेकपाको ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराइलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको दाहाल–नेपाल समूहका नेता गुरुङलाई हटाएर आफ्नो समूहका भट्टराईलाई प्रमुख सचेतक बनाएका हुन् ।

प्रधानमन्त्री ओलीले संसदीय दलको सचेतकमा भट्टराईलाई नियुक्त गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

शुक्रवार प्रदेश १ का सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री एवम् नेकपा संसदीय दलका नेता ओलीले आफूले नेता देव गुरुङलाई धन्यवाद दिँदै विशाल भट्टराइलाई नियुक्त गरेको जानकारी गराएको उपनेता नेम्वाङले जानकारी दिए ।

पार्टीको संसदीय दलको नेताले प्रमुख सचेतक छान्ने व्यवस्था रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.