Nepal Times
Nepal Times
3
Shares

ओली सर्वसत्तावादको भर्याङ चढ्न खोजेः रामचन्द्र पौडेल

ओली सर्वसत्तावादको भर्याङ चढ्न खोजेः रामचन्द्र पौडेल

२७ चैत, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको विकल्प खोज्नुपर्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन (संघ) केन्द्रीय कार्यसमितिद्धारा काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकार निरङ्कुशता तिर बढिरहेकोले विकल्प खोज्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्रीले संसदको रोस्टम प्रयोग गर्न नचाहेको अवस्थामा प्रतिपक्षी दलले कसरी रोस्टमको प्रयो ग¥यो भन्ने कुराको लेखाजोखा इतिहासमा हुने भएकाले कांग्रेसले सरकरको विकल्प खोज्नुपर्ने बताए ।

त्यसका लागि उदार बनेर अथवा सम्झौता गरेर भएपनि सरकार बदल्न इमान्दार प्रयत्न गर्नुपर्ने बताए ।

उनले भने ‘संसदको रोस्टमलाई प्रधानमन्त्रीले प्रयोग गर्न नचाहँदा खेरीमा प्रतिपक्षी दलले रोस्टम प्रयोग ग¥यो की गरेन, कसरी ग¥यो यसको पनि लेखाजोखा इतिहासमा हुने छ । त्यसो भएको हुनाले अहिले यहाँ चुनाव चुनाव मात्रै भनेर सुख पाइदैन । हामीले यो अहिलेको निरंकुशता तिर बढिरहेको यो सत्तालाई विकल्प खोजि गर्नुपर्छ । विकल्पको लागि हामी उदार बनेर जसरी विकल्प आउँछ त्यसरी हामीले सम्झौता गरेर अरु पार्टीहरुसँग मिलेर हामीले बदल्ने काममा इमान्दार प्रयत्न गर्नुपर्छ ।

नेता पौडेलले वितगमा पनि कांग्रेसले एउटा अवसर छुटाएको उल्लेख गर्दै अहिले पनि सरकार नबदल्ने हो भने भविश्यमा टाउको समातेर रुनुको विकल्प नहुने पनि बताए । त्यसैले चुनाव चुनाव भनेर बस्न नहुने बताए ।

उनले भने ‘अब एउटा चान्स त हामीले अस्तिनै मिस गरिसकेका छौं । जनु बेला एमाले र माओवादी केन्द्र बनेका थिएनन त्यो बेलामा जोखाना हेर्दा हेर्दै एउटा चान्स मिस भएको छ । यति मात्रै भन्छु । जोखाना फेरीपनि हेरेर यो चान्स मिस गर्ने अनी पछि टाउको समातेर रुने यो कुरा हुँदैन । चुनाव चुनाव चुनाव यो सबैले भन्छन् । केपी ओलीको पनि नारा चुनावै हो हाम्रा साथीहरुको पनि नारा त्यही हो । आज देश त्यसैमा विभाजित छ ।’

पार्टीको अधिवेशन सम्पन्न हुन नपाएको स्थितिमा चुनवमा जाँदा कांग्रेस नै नरहने स्थिति आउन सक्ने तर्फ अहिले नै सचेत बन्नुपर्ने पनि वरिष्ठ नेता पौडेलले बताए ।

अहिलेको सरकारको कारण लोकतन्त्र बच्ने अवस्थामा नरहेकोले लोकतन्त्र बचाउनको लागि पनि कांग्रेसले आफूलाई बचाउनुपर्ने बताए ।

उनले भने ‘पार्टीको अधिवेशन सम्पन्न हुन पाएको छैन पार्टी यस्तो अवस्थामा छ । चुनाव चुनाव चुनावमा हामफाल्ने कुरा त्यसले हामीलाई कहाँ पु¥याउँछ । आज हामीले एउटै कुरा सोचौं कि लोकतन्त्र कसरी बचाउने । लोकतन्त्र बचाउनको लागि हामीले आफूलाई पनि बचाउनुपर्छ ।’

वर्तमान प्रधानमन्त्रीले संवैधानिक परिषद्मा एकलौटी गर्न खोजेर सर्वसत्तावादको भ¥याङ चढ्न खोजेको पुष्टि भएको पनि उनले बताए ।

त्यसैले कांग्रेसले व्यवस्था बचाउन जोड दिनुपर्ने बताए । व्यवस्था बचेमा मात्रै सत्ता आफै आउने भएकाले अहिलेको व्यवस्था बचाउन कांग्रेस नै लाग्नुपर्ने पनि बताए ।

उनले भने ‘व्यवस्था बचाउनुपर्छ, सत्ता भन्दा व्यवस्थालाई महत्व दिनुपर्छ । सत्ता भन्दा व्यवस्थालाई महत्व दिएर हामीले नीति बनायौं र इमान्दार प्रयत्न ग¥यौं भने सत्ता आफै आउँछ ।’

समुदायलाई लोकतान्त्रिकरण गर्न आफूलाई पनि लोकतान्त्रिककरण बनाउन तयार हुनुपर्ने पनि उनले बताए । अहिले कम्युनिष्टहरु पक्षपातको शासनमा उत्रिएकाले त्यसको लडाईमा लाग्न कर्मचारीहरुलाई आग्रह पनि गरे ।

उनले भने ‘तपाईलाई पक्ष हाम्रो लिनुहोस भन्दिन तर पक्षपात रोक्नुहोस । निष्पक्षता अपनाउनुहोस । पक्षपतको शासन चलिरहेको छ नेपालमा । पक्षपातको शासन रोक्नुहोस । नाङ्गो रुपमा कम्युनिष्टहरु पक्षपातको शासनमा उत्रेका छन, आजको हाम्रो लडाई तिनैसँग हो । हाम्रो लडाई यही सिद्धान्तको लडाई हो । सत्ताको लडाई होइन ।’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.