×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ओसामाका छोरालाई देशबाट निकाल्यो फ्रान्सले

२४ आश्विन २०८१

२४ असोज , एजेन्सी ।

अल–कायदाका संस्थापक ओसामाबिन लादेनका छोरा ओमरबिन लादेन देश निकालामा परेका छन् । उनलाई फ्रान्सले देशनिकाला गरेको हो । साथै फ्रान्सले अब उनलाई कहिलेपनि फ्रान्स प्रवेशमा अनुमति नदिने जनाएको छ । फ्रान्सका गृहमन्त्री ब्रुनो रितेयूले केही दिन अघि यो आदेशमा हस्ताक्षर गरेका थिए।

गृहमन्त्री रितेयूले अब ओमर बिन लादेनका लागि फ्रान्स प्रवेश संधैका लागि अन्त गरिएको छ । रितेयूका अनुसार ओमरले सामाजिक सञ्जालमा आतंकबादलाई बढवा दिने पोस्ट गरेका कारण उनलाई देश निकाला गरिएको बताइएको छ ।

४३ वर्षीय ओमर फ्रान्समा विगत ७ वर्षयता बस्दै बएका थिए । उनि २०१६ मा फ्रान्स गएका थिए । उनले ब्रिटिश नागरिक जैना मोहम्मद अल–सबा सँग बिहे गरेका थिए । जसका कारण उनलाई फ्रान्समा बस्नका लागि अनुमति मिलेको थियो ।

उनी फ्रान्समा पेन्टिङ गरेर आफ्नो जीवन यापन गर्दै आएका थिए । उनले गत वर्ष आफ्ना बुबा आतंकबादीका नेता भनेर चिनिने ओसामा बिन लादेको जन्मदिनमा एक पोस्ट गरेका थिए । जहाँ उनले पिताको तारिफ गरेपछि उनी आलोचित बने ।

यसलाई फ्रान्सले आतंकबादलाई समर्थन गरेको रुपमा लिइयो । त्यसपछि उनलाई फ्रान्समा बस्नका लागि दुई वर्षको परमिट रद्द गरिएको थियो । त्यसपछि उनी श्रीमतिका साथ कतार गएका थिए । ओमरबिन लादेन ओसामा बिन लादेनका चौंथो सन्तान हुन् ।

उनी १९८१ मा साउदीमा जन्मिएका थिए । उनी आफ्ना बुवासँग १९९१ देखी १९९६ सम्म सुडानमा रहेका थिए । यस दौरान उनलाई अलकायदाको उदाउँदो नेताका रुपमा हेरिएको थियो । २००१ मा पिताको साथ छोडेका उनले अलकायदाको ट्रेनिङ क्याम्पमा अभ्यास गरेको बताएका छन् ।

उनले हतियार चलाउन सोही क्याम्पमा सिकेको जनाइएको छ । २०११ मा पाकिस्तानमा ओसामाबिन लादेनको मृत्यु पछि उनको शब समुन्द्रमा फ्याँकीएको दाबी अमेरिकाले गरेपिन उमरले उनको पिताको शब समुन्द्रमा नफालिएको दाबि गरेका थिए ।

ओसामा बिन लादेनलाई २०११ मा अमेरिकी सेनाले पाकिस्तानको ऐब्टाबादमा मारेको थियो । ९।११ को घटनापछि अफगानिस्तानमा शुरू भएको अमेरिकाको अपरेशनले अल–कायदाको ढाड भाँचेको थियो ।

र ओसामा बिन लादेनको मृत्युपछि यो संगठनको अन्त्य भएको मानिएको थियो । तर हालै आएका केही खबरहरुले संकेत गरेका छन् कि ओसामा बिन लादेनका छोराहरु पनि आफ्नो पिताकै बाटोमा हिड्न थालेका छन् ।

उनीहरुले अल–कायदालाई पुनः खडा गर्ने प्रयास गरिरहेका छन् । यसअघि सेप्टेम्बरमा ओसामा बिन लादेनका अर्का छोरा हमजा बिन लादेन पनि जिवितै रहेको खबर सार्वजनिक भएको थियो। हमजा आफ्ना भाइ अब्दुल्ला बिन लादेनका साथ अफगानिस्तानमा लुकेको दाबी गरिएको छ र अलकायदालाई विस्तार गर्नका लागि ब्लू प्रिंट तयार गरिरहेको पनि बताइन्छ ।

गत महिना सार्वजनिक भएको एक रिपोर्टले भनेको छ कि अफगानिस्तानमा अमेरिकी सेना फिर्ता भएपछि अल कायद फेरि आफ्नो कदम जमाउन खोजिरहेको छ । सो रिपोर्टमा ओसामा बिन लादेनका छोरा हमजा पनि यही रहेका र उनको सुरक्षाका लागि लगभग ४५० स्नाइपर्स तैनाथ रहेका छन् । हमजालाई “क्राउन प्रिंस अफ टेरर” पनि भनिन्छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top