×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ओस्करमा कुन फिल्मले कुन अवार्ड जिते ? उत्कृष्ट अभिनेता को ?

२८ फाल्गुन २०८०

२८ फागुन ,एजेन्सी ।

९६ औं ओस्कर अवार्डमा ‘ओपनहाइमर’ उत्कृष्ट फिल्म घोषित भएको छ । यसपटक ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले सात विधामा जितेको छ । यो फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जितेको छ ।

क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्दा किलियन मर्फीले अभिनेता विधामा बाजी मारे । किलियन ओस्कार अवार्ड जित्ने पहिलो आइरिस अभिनेता हुन् । किलियनले फिल्ममा ओपेनहाइमरको शीर्ष भूमिकामा अभिनय गरेका छन् । रोबर्ट डाउने जुनियरले पहिलो ओस्कारको रुपमा यो फिल्मबाट सहायक अभिनेतामा बाजी मारे ।

फिल्ममा रोबर्ट डाउने जुनियरले अमेरिकी सरकारी अधिकारी लुईस स्ट्रसको भूमिकामा अभिनय गरेका छन् ।‘ओपेनहाइमर’ १३ विधामा मनोनयन भएको थियो । यस फिल्मले रोबर्टको परमाणु बमको विकास गरेको कुरालाई व्याख्या गर्छ । यो फिल्मले गत वर्ष विश्वभरि तहल्का मच्चाएको थियो ।

यसका लेखक काई बर्ड अघिल्लो महिना नेपाल आएका थिए । आज विहान अवार्ड समारोहमा निर्देशक नोलनले काई बर्डलाई र अर्का सहलेखक मार्टिन शेरविनलाई २५ वर्षसम्म अनवरत पुस्तक लेखनका लागि धन्यवाद दिएका छन् । उत्कृष्ट किताबमाथि सिनेमा बनाउन पाएकामा उनले खुसी पनि व्यक्त गरेका छन् । यस्तै ‘पुअर थिंस’ बाट एम्पा स्टोनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन्। अन्तर्राष्ट्रिय फिचरतर्फ बेलायती फिल्म ‘द जोन अफ इन्ट्रेस्ट’ उत्कृष्ट भएको छ ।
यस्तो छ अस्कर अवार्ड विजेताको सूची :
उत्कृष्ट फिल्म– ओपेनहाइमर
उत्कृष्ट निर्देशक– क्रिस्टोफर नोलम (ओपेनहाइमर)
उत्कृष्ट अभिनेता–किलियन मर्फी (ओपेनहाइमर)
उत्कृष्ट अभिनेत्री–एम्पा स्टोन (पुअर थिंस)
उत्कृष्ट सहायक अभिनेता–रोबर्ट डाउने जुनियर (ओपेनहाइमर)
उत्कृष्ट सहायक अभिनेत्री– द भाइन जोय रान्डोल्फ (द होल्डओभर्स)
उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर– द जोन अफ इन्ट्रेस्ट
उत्कृष्ट एनिमेटेड फिचर– द ब्वाय एण्ड हेरोन
उत्कृष्ट डकुमेन्ट्री फिचर– २० डेज् इन मारिओपो
एडप्टेड स्क्रिनप्ले– अमेरिकन फिक्सन
ओर्जिनल स्क्रिनप्ले–एनाटोमी अफ अ फल
उत्कृष्ट सिनेम्याटोग्राफी–ओपेनहाइमर
उत्कृष्ट ओर्जिनल सङ– बिली एलिस (बार्बी)
मेकअप एण्ड हेयरस्टाइलिङ– पुअर थिंग्स
उत्कृष्ट प्रोडक्सन डिजाइन– पुअर थिंग्स
उत्कृष्ट सम्पादन– ओपेनहाइमर
उत्कृष्ट भिजुअल इफेक्ट– गोडजिला माइनस वन

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top