Nepal Times
Nepal Times
3
Shares

कक्षा १२ को परीक्षा : कोरोना संक्रमित विद्यार्थीलाई छुट्टै व्यवस्था

कक्षा १२ को परीक्षा : कोरोना संक्रमित विद्यार्थीलाई छुट्टै व्यवस्था

५ कात्तिक, काठमाडौं ।

कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको हो ।बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको छ ।

परीक्षा समय विहान ८ बजे सुरु हुने भएको छ । शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुनेछ ।

कोभिड–१९ संक्रमित विद्यार्थीलाई भने बोर्डले परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । संक्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डले जनाएको छ ।

बोर्डले भनेको छ, ‘कोरोना संक्रमित भई उपचाररत परीक्षार्थीहरूलाई परीक्षामा सहभागी नहुन अनुरोध गरिन्छ । त्यस्ता परीक्षार्थीहरूका लागि नेपाल सरकारद्वारा मान्यता प्राप्त प्रयोगशालामा परीक्षण गरिएको ल्याब रिर्पोटको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था गरिनेछ ।’

त्यस्तै कोरोना महामारीका कारण आफू अध्ययन गरेको विद्यालय रहेको जिल्ला भन्दा फरक जिल्लामा रही आफ्नो विद्यालयमा उपस्थित भएर परीक्षा दिन नसक्ने विद्यार्थीका लागि परीक्षार्थीले यसअघि पेश गरेको विवरणको आधारमा परीक्षामा सहभागी हुने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

यस प्रायाेजनका लागि उपत्यकाका तीनवटै जिल्ला काठमाडाैँ, ललितपुर र भक्तपुरलाई एउटै जिल्ला मानिने जनाइएकाे छ । बोर्डले गत भदौमा कक्षा १२ का विद्यार्थीको विवरण संकलन गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.