Nepal Times
Nepal Times
3
Shares

कक्षा १२ को परीक्षा, स्नातक पढ्न बाटो खोल्ने तयारी

कक्षा १२ को परीक्षा, स्नातक पढ्न बाटो खोल्ने तयारी

काठमाडौँ : कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक तहका कक्षा प्रभावित हुने भएपछि कक्षा १२ को परीक्षाबारे अब छिट्टै टुङ्गो लगाइने भएको हो । यो विषयको निकास पाए विद्यार्थीलाई स्नातक तह अध्ययन गर्ने बाटो खुल्नेछ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कक्षा १२ का विद्यार्थीको परीक्षा सञ्चालन तथा प्रमाणीकरणका बारेमा सरकारसित निरन्तर संवाद भइरहेको र अब केही दिनमै निकास दिने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।

परीक्षा विधिमै बहस
कक्षा १२ का विद्यार्थीको परीक्षा कुन तरिकाबाट सञ्चालन गरेर नतिजा प्रकाशन गर्ने भन्नेमा विभिन्न विकल्पमा छलफल सुरु गरिएको छ । केही समयअघि दसैँ अघि पुरानै तरिकाबाट विद्यार्थीको परीक्षा सक्ने र नतिजा प्रकाशन गर्ने तयारी गरिएको थियो । तर अब त्यो सम्भावना टरेको बताइएको छ । अब विकल्पका रूपमा कक्षा ११ कै जसरी विद्यार्थीको मूल्याङ्कनको अन्तिम अधिकार विद्यालयलाई दिने विषयमा छलफल भइरहेको छ ।,यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.