×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कञ्चनपुरमा निषेधाज्ञाको अवधि एक हप्ता थपियो

३० बैशाख २०७८

३० वैशाख, कञ्चनपुर ।
कञ्चनपुरमा नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा उच्चदरमा फैलिदै जान थालेपछि निषेधाज्ञाको अवधि एक हप्ताका लागि थप गरिएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले आगामी जेठ ७ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको हो ।

यसअघि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि तोकिएको थियो । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ ।

सञ्चालन हुँदै आएको महेन्द्रनगरस्थित तरकारी बजार (सब्जीमण्डी) बुधबारदेखि बन्द गरिएको छ । तरकारी बजारमा निकै भिडभाड हुन थालेपछि कोरोनाको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

तरकारी तथा फलफूल आपूर्तिका लागि स्थानीय तह र उद्योग वाणिज्य सङ्घको समन्वयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी हरेक आइतबार र बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म घुम्ती पसल सञ्चालन गर्न सकिने भएको छ ।

स्वास्थ्य सेवा, दूध डेरी तथा पेट्रोलियम पदार्थसम्बन्धी पसल व्यवसायबाहेकका अन्य पसल व्यवसाय सञ्चालन गर्न नपाइने जारी नयाँ आदेशमा उल्लेख गरिएको छ ।

खाद्यवस्तुका पसल व्यवसाय हरेक आइतबार र बुधबार बिहान ६ बजेदेखि ९ बजे सम्म मात्रै खोल्न पाइने छ । राष्ट्रिय गौरवका आयोजनाका हकमा निर्माण सामग्री, उपकरण र कामदार निर्माण स्थलमै राखी निर्माण गर्नेबाहेक अन्य सबै निर्माण कार्य स्थगन गर्ने निर्णय गरिएको प्रजिअ महतोले बताए।

अत्यावश्यकबाहेक अन्य सार्वजनिक सेवा हाललाई स्थगन गर्ने निर्णय गरिएको छ । राजस्व दाखिला र सरकारी कारोबारबाहेक बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक भुक्तानीका लागि एटिएम तथा विद्युतीय प्रणालीबाट सेवा प्रवाहको समुचित प्रबन्ध गर्नुपर्ने छ । विवाह तथा व्रतबन्धको हकमा बढीमा १० जनासम्म मात्र सहभागी हुन पाउने छन् ।

विवाह तथा व्रतबन्धको लागि होटेल तथा पार्टी प्यालेस प्रयोग गर्न पाइने छैन ।

साथै कोभिड–१९ को कारण देखाई दैनिक उपभोग्य वस्तु तथा स्वास्थ्य सामाग्रीको बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, मुल्यवृद्धि गर्ने, म्याद सकिएका खाद्यवस्तुको रिलेबलिङ गर्ने जस्ता कार्य गर्नेलाई कडाभन्दा कडा कारवही गरिने, तथा आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना नगर्नेलाई कानूनी कारवाही हुनेछ ।(रासस)

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top