Nepal Times
Nepal Times
3
Shares

कञ्चनपुरबाट लागू औषधसहित दुई भारतीय नागरिक पक्राउ

कञ्चनपुरबाट लागू औषधसहित दुई भारतीय नागरिक पक्राउ

२७ मंसिर, धनगढी । कञ्चनपुरमा लागू औषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले लागूऔषध खैरो हिरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनुपरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले भारतको पिलिभितका १९ वर्षीय राम सिंह र २३ वर्षीय धरमवीर सिंहलाई पक्राउ गरिएको जानकारी दिए ।

बेलौरी नगरपालिका–६ को नकैयास्थित नेपाल–भारत सीमा क्षेत्रमा लागू औषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको शाहले बताए ।

उनका अनुसार उनीहरूको साथबाट १०.४२ ग्राम लागू औषध खैरो हिरोइन बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.