Nepal Times
Nepal Times
3
Shares

कतारमा दुई नेपालीले पाए जनही १५ हजार रियाल पुरस्कार

कतारमा दुई नेपालीले पाए जनही १५ हजार रियाल पुरस्कार

२ असोज, दोहा ।
कतारको आइओएस प्रमाणित कम्पनी नासर अलअली इन्टरप्राइजेजले आफ्ना दुई नेपाली कामदारलाई पुरस्कारसहित सम्मान गरेको छ । सम्मानित हुनेमा नजामुद्दिन कवारी र देवप्रसाद राई रहेका छन् । उनीहरुलाई कम्पनीमा १० वर्षभन्दा बढी आफ्नो समर्पण इमान्दारिता र उत्कृष्ट काम गरे वापत जनही १५ हजार कतारी रियाल सहित सम्मान गरिएको छ ।

कम्पनीका संचालक नासर अलअलीले एक कार्यक्रमका बीच ती कामदारहरुलाई सो नगद हस्तान्तरण गरेका थिए । सन २००९ मा महोत्तरीबाट कन्स्ट्रक्सन कामदारको रुपमा कतार आएका नजामुद्दिन कवारी छोटो समयमै सो कम्पनीमा ट्रेड वर्कर भइसकेका छन् । उनले पाएको १५ हजार पुरस्कार अब आफ्ना छोराछोरीको उच्च शिक्षाको लागि खर्च गर्ने बताएका छन् । उनका एक छोरा पनि हाल कतारमै रोजगाररत छन्। कम्पनीका संचालक नासर अलअली अत्यन्त राम्रो रोजगारदाता र आफ्नाे अविभावक समेत भएको कवारीले बताए ।

अर्का १५ हजार पुरस्कार पाउने देवप्रसाद राई पनि २००९ मा सोही कम्पनीमा काम गर्न आएका हुन् । कन्स्ट्रक्सन कामदारको रुपमा आएका उनी अहिले ट्रेडमा काम गर्न सक्ने दक्ष कामदार भइसकेका छन् ।

कम्पनीले विभिन्न समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद, प्रमाणपत्र आदि पुरस्कार स्वरुप प्रदान गर्दै कामदारहरुको हौसला र मनोवल बढाउँदै आइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.