१४ चैत, काठमाडौँ । आज बिहानै कतारको दोहाबाट आएको कतार एयरवेजको चार्टर विमान ३ सय ४ जना यात्रु लिएर फर्किएको छ ।
तीनजना भने तीन वर्षभन्दा मुनिका बच्चा छन् ।

क्युआर ७४८२ को उडानमा दोहा जानेहरुमा सयजना भन्दा बढी जर्मनीका नागरिकहरु छन् ।अरु अन्य युरोपेली देशका नागरिक भएको त्रिभुवन विमानस्थल स्रोतले बतायो । कतारको यस्तै उडान भोलि पनि हुने विमानस्थल स्रोतले जनायो ।

नेपालले अन्तर्राष्ट्रीय उडानहरु बन्द गरेपनि आफ्ना देशका नागरिक लिन खाली आउने चार्टर फ्लाइटहरुलाई आउन दिएको छ । यस्तै, लकडाउनले गर्दा लुक्लामा अलपत्र परेका युरोपियनलाई काठमाडाौं ल्याउन तारा एयरले एउटा र सिम्रिक एयरका हेलिकप्टरले शुक्रबार दुइटा उद्दार उडान गरेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top