Nepal Times
Nepal Times
3
Shares

कपिलवस्तुबाट अवैध रुपमा भित्र्याईएका खसीबोका बरामद

कपिलवस्तुबाट अवैध रुपमा भित्र्याईएका खसीबोका बरामद

धनी रामकोरी
१२ मंसिर, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं ५ हथिहवा दोहनीबाट भारतबाट अबैध रुपमा भन्सार छली गरी पैदल नेपालतर्फ ल्याउँदै गरेको ७ वटा खसीबोका प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु बाट खटिएको प्रहरी टोलीले शुद्धोधन गाउँपालिका वडा नं ५ हथिहवादोहनीबाट अबैध खसी बरामद गरेको छ ।

बरामद खसी बोका आवश्यक कारवाहीका लागि सुठौली भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ । कोरोना भाइरसका कारण नेपालतर्फ सिमानाका बन्द हुँदा चोर बाटबाट खसीका तस्करी भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.