×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कफिनमा फर्किए विपिन, विमानस्थलमा आँशुको आहाल

४ कार्तिक २०८२

३ कार्तिक , काठमाण्डौ ।

उ आउँछ नै भन्ने थियो ।

अबेर भएपनि फर्किन्छ नै भन्ने थियो ।।

हाल, खबर, ठेगान– केही बताएको त थिएन,

एकदिन टुप्लुक्क मेरै खबर सोध्न आईपुग्ला भन्ने थियो ।।

उ आयो…….. खबर बनेर

हाल, चाल…….. याद बनेर

अब उसले त देख्ला मेरो हाल ।

मेरो आँशु, मेरो सुस्केरा…… तारा बनेर ।।

म कसरी सोधुँ, कसरी भेटुँ, कसरी छोउँ

मेरो मुटुको टुक्रा, मेरो आँखाको नानी

तिमी खरानी हुँदा म कसरी बाँचु

यो पटकको दशैंमा दीर्घायु, चिरञ्जीवीको आशिषले छोरा विपिनको शिर शेचन गर्ने आमा पद्मा जोशी र बाबुको आश त पूरा भएन नै यो तिहारमा दाजुलाई दुबोले छेकेर यमराजको बाटो छेक्ने बहिनी पुष्पालाई पूर्ण विश्वास थियो ।

उज्यालो तिहारले विगतका सबै अध्यारा दिनहरुलाई बिर्सिदिने र यसपछि आउने सबै चाडपर्व, सुख–दुःख, यतिन्जेलका पीडादायी बिछोडलाईसमेत अंगालोको कसिलो न्यानोमा बिलिन गराउने जोशी परिवारमा आशाको संचार भएको थियो ।

यो परिवारलाई नेपाल सरकार, इजरायलको सरकारदेखि अमेरिका, कतार, इजिप्टसम्मका सरकारहरूले हौसला दिइरहेका थिए । महेन्द्रनगरको गाउँदेखि काठमाडौँ, तेल अभिवदेखि वासिङ्टनसम्मका सडकले बिपिनको रिहाइको माग गरिरहेको थियो ।

ईश्वर, अल्लाह, जिसससम्ममा प्रार्थना पु¥याइएको थियो । तर कसलाई थाहा थियो र, विपिनसँग हमासको लंकाले प्राण छिनिसकेको । थाहा थियो त, केवल उनको अज्ञात अवस्था ।

दुई वर्षभन्दा बढीको उनको फिर्तीको व्यग्र प्रतिक्षा पुनर्मिलनमा टुंगिने, खुसीका आँसुमा पखालिने, स्वागतका बाजा–गाजा, खादामाला, स्नेह, उपहारमा बदलिने आशा थियो । तर नियतिको खेल, कफिनमा बदलियो ।

कहिल्यै नभुल्ने दुःख, मुटुको नामेट घाउमा बदलियो । छोरो र दाजु लिन गएका पद्मा र पुष्पा अमेरिकाबाट रित्तो हात फर्किए । यता बिपिन बाकस भरिएर आए । आँखा भरिएर आए । मुटु सम्हालिनै नसक्ने गरी भक्कानिएर आयो ।

पढ्दै–कमाउँदै कार्यक्रम अन्तर्गत इजरायलको किबुज पुगेका थिए, विपिन, उनी त्यहाँ सीप सिक्दै थिए । जीवन बुझ्दै थिए । दुनियाँ नियाल्दै थिए । एकै महिना त पूरा भएको थियो प्रवास गएको ।

नयाँ नयाँ अनुभवमा रमाउँदै थिए । साथीहरू सँगै थिए । अचानक कुनै साइनो, लेनादेना नभएको बैरी वायुले सबै तहसनहस बनायो । रक्तपात, बमबारी, विध्वंश मच्चायो । विपिनका १० नेपाली साथीहरूको ज्यान लियो ।

इजरायल र अन्य देशका होनहारहरुको पनि प्राण खोस्यो । विपिनसहित कैयौँलाई हमासरुपी रावणले हरेर लग्यो । दश नेपाली युवाको शोकमा आज पनि देश रोएकै छ। विपिनको दुई वर्षभन्दा बढीको अज्ञात अवस्थाले सिङ्गो देश र जोशी परिवारलाई कैयौं पटक ब्युँझ्यायो, कैयौँ पटक मुर्छा पार्यो ।

त्यही अवस्थामा पनि विपिनको ढुकढुकीले पर्खिरहेको विश्वासले पद्मा र पुष्पालाई दरो खुट्टा टेक्न हौसायो । देशले कति सकेको गर्यो, कति गरेन । आमा र बहिनीको विपिन खोजी अभियानले विश्व हल्लायो ।

तर टसको मस भएन हमास नामको कंश । मृत विपिन दुई वर्षसम्म बोकेर लासको सौदा गरिरह्यो । अन्ततः सम्झौता भयो अनि बास बसेको देशलाई उसले विपिनको सब बुझायो । त्यो पनि परीक्षण गर्नुपर्ने अवस्थामा ।

परीक्षणले अहिलेसम्म फर्केर आउने आशा गरिएका विपिन मृत रहेको पुष्टि ग¥यो । इजरायली सेनाको घोषणालाई सत्य साबित गर्यो । जुन कहिल्यै नहोस् भनेर पुष्पाले जहिले प्रार्थना गरिरहेकी थिइन् ।

अन्ततः त्यसै क्षण उनीहरूको विपिन खोजी अभियान रोकियो । पैताला मुनिको धर्ती धस्यो, आकाश खस्यो । यता विपिनको सबलाई आइडीएफले नेपालीको जिम्मा लगायो । आँशु, श्रद्धाञ्जली र सम्मानमा विपिनको कफिन सजियो ।

कफिन भित्रको शान्तिले चारैतिर सुनसान, स्तब्ध पार्दै आज विपिन फर्किए सहिद भएर । यस्ता वीर युवा सहिद जसले आफ्नो ज्यानको पर्वाह नगरी साथीहरूको ज्यान बचाएका थिए ।

आफ्नो समूहतिर आएको हमासको ग्रेनेडलाई उसैतिर फ्यालेर गोर्खाली वीर सपुतको परिचय दिएका थिए । विपिनले दानवको क्रुरताबाट आफ्नो त ज्यान बचाउन सकेनन् तर कैयौं साथीहरुलाई जीवनदान दिएर गए ।

बाँच्नेहरूका मुटुमा उनी अमर बने । वीर सहिद बने । जोशी परिवारको कुलदीपक निभ्यो तर नेपाल र नेपालीका लागि उनी सधैं तारा बनेर आकाशमा चम्किरहनेछन् । विपिनको आजै अन्त्येष्टि गरिँदैछ ।

विमानस्थल पुगेर सिंगो सरकारका तर्फबाट श्रद्धाञ्जली दिइएको छ । उनको शवलाई नेपाली सेनाको विमानमार्फत धनगढी लगेर त्यसपछि एयर एम्बुलेन्समार्फत महेन्द्रनगर लैजाने तयारी छ ।

हिजो विपिनको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा गरिएको थियो । इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा जोशीलाई श्रद्धाञ्जली दिन नेपालीहरू भेला भेला भएका थिए ।

जोशीको शव राखिएको कफिनमा नेपाली झण्डा ओढाइएको थियो । श्रद्धाञ्जली दिन विमानस्थल पुगेका इजरायलमा रहेका नेपालीहरू भावविह्वल बनेका थिए । उनीहरूले पुष्पगुच्छा र खादा अर्पण गरेर जोशीलाई श्रद्धाञ्जली व्यक्त गरे ।

श्रद्धाञ्जली सभामा इजरायली प्रशासनका अधिकारी र इजरायली नागरिकहरू पनि सहभागी थिए । हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आकस्मिक आक्रमण गरेको थियो ।

त्यसबेला १० नेपाली विद्यार्थीसहित करिब १ हजार २ सयको मृत्यु भएको थियो । विपिनसहित २ सय ५१ जना हमासको नियन्त्रणमा परेका थिए । त्यो दिन बिहान साढे ६ बजेतिर एक्कासि मिसाइल आउन थालेपछि विपिनसहित उनका साथीहरु किबुज अलुमिमको बंकरमा बसेका थिए ।

त्यसको केही समयपछि स्थलमार्गबाट आएका हमासका लडाकुले आक्रमण गर्न थाले । नेपाली विद्यार्थीहरुले ‘वी आर नेपाली, वी आर नेपाली’ भनिरहँदा समेत उनीहरुले आक्रमण गरिरहे ।

पछि एउटा ग्रिनेड विपिनले टिपेर बाहिरतिरै फ्याँकिदिएका थिए । त्यहीबेला हमासले उनलाई अपहरण गरेको थियो । इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।

उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् ।
पढ्दै कमाउने सपना बोकेर इजरायल पुगेका जोशीको हालै मृत्यु पुष्टि भएपछि घटनाले समग्र नेपालीजनमा पीडा दिएको छ । वीरसहित विपिन जोशीप्रति हार्दिक श्रद्धाञ्जली । परिवारप्रति गहिरो समवेदना । ईश्वरले यो दुःख सहन शक्ति दिउन ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top