Nepal Times
Nepal Times
3
Shares

कमलपोखरीमा कंक्रिटको प्रयोग भएपछि स्थानीय आन्दोलित

कमलपोखरीमा कंक्रिटको प्रयोग भएपछि स्थानीय आन्दोलित

२ माघ, काठमाडाैँ ।

कमलपोखरीको पुरातात्विक महत्वलाई मासेर पुननिर्माण गरिएको भन्दै स्थानीयले बिरोध जनाएका छन् । कमलपोखरीको पुरातात्विक महत्वलाई मासेर पुननिर्माण गरिएको भन्दै शुक्रबार स्थानीयले बिरोध जनाएका हुन् ।

कमलपोखरीको पुनर्निमाणमा ढिलाई भएको तथा यसको महत्वलाई नै मास्नेगरी ढुंगा, त्रंmक्रिटको प्रयोग गरी निमाण गरिएको कारण विरोधमा उत्रिनु परेको स्थानीयले बताएका छन् । पहिले देखाइएको डिजाइनभन्दा फरक किसिमले निर्माण कार्य भइरहेको र सम्पदा माथि नै अतिक्रमण गरिएको स्थानीयको भनाई छ ।

ठेकेदार कम्पनिले आवश्यकताभन्दा कम जनशक्ति राखेर काम गरेकाले काममा ढिलाई भइरहेको वडा सदस्य राजकुमार श्रेष्ठले बताए । कमलपोखरीको स्रोत नै सुकेर जाने तथा पहिलेको कमलपोखरीको अवस्था नरहने चिन्ताका कारण स्थानियले विरोध गरिरहेको उनको भनाई छ ।

काठमाडौँ महानगरपालिकाले कमलपोखरीको पुनर्निमाण गरिरहेको छ । पूरानो ऐतिहासिकतालाई जोगाउँदै पुनर्निमाण गर्ने महानगरपालिकाले बताउँदै आएपछि स्थानियले भने पूरानो ऐतिहासिकता मासेर कमलपोखरीको पुनर्निमाण गरिएको भन्दै बिरोध जनाउँदै आएका छन् ।

यता काठमाडौँ महानगरपालिकाले भने स्थानीयसँगको छलफलमै कमल पोखरीको संरचना बनाउन लागेको बताएको छ । कमलपोखरीमा हरेक वर्ष छठ पर्वको दिन छठ पुजा गरिदै आएको छ । छठ पुजा गर्न मण्डप निर्माण गर्ने स्थानियसँगकै सहमती अनुरुप निर्माण गर्दा पोखरीको चारैतर्फ घाट निर्माण गर्दा केही ढुंगा र सिमेन्ट प्रयोग गर्नुपरेको अन्यथा ढुंगा सिमेन्टको प्रयोग नभएको काठमाडौँ महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए ।

खाली जमिन तथा पैदल हिड्ने ठाउँमा सिमेन्ट प्रयोग नगरिएको उनको भनाइ छ । करिब ७ करोडको लागतमा कमलपोखरी पुननिर्माण हुन लागेको जानकारी दिदैँ उनले आगामी बैशाखसम्ममा सर्वसाधारणका लागि खुल्ला गर्ने लक्ष्य राखिएको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.