Nepal Times
Nepal Times
3
Shares

कमल पोखरी आसपास किन चल्यो डोजर ? (तस्बिरसहित)

कमल पोखरी आसपास किन चल्यो डोजर ? (तस्बिरसहित)

२० माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कमल पोखरी निर्माण कार्य गुरुयोजना अनुरुप नै भएकोले बिरोध गर्नुपर्ने कारण नभएको बताएको छ ।

मंगलबार नेपाल टाईम्ससँग कुरा गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले कमल पोखरीको संरक्षण गर्नका लागि गुरु योजना बनाएर निर्माण कार्य गरिरहेको र कमल पोखरीको जग्गामा अनाधिकृत रुपमा बनाइएको स्पोर्टस् क्लव र राधेराधेको भवन हटाएकाले त्यसको विरोध गर्नुपर्ने कारण नभएको बताए ।

उक्त भवनहरु नक्सा पास गरेर स्वीकृति नलिइ बनाईको पनि जानकारी दिए ।

कमल पोखरीको जग्गामा बसिरहेका नेपाल प्रहरी र ट्राफिक प्रहरी भने काठमाडौँ महानगरपालिको अनुरोधमै छोडेको उनको भनाई छ ।

स्पोर्टस् क्लव र राधेराधेको भवन अनाधिकृत रुपमा निर्माण भएको सूचना तथा प्रतिवेदन महानगरपालिकाले प्राप्त गरेपछि त्यहाँबाट उक्त भवन हटाइएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.