२१ चैत्र, विराटनगर ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकार गठनमा अग्रसरता लिने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको निर्णयलाई आत्मघाती भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन्।

उनले सामाजिक संजालमार्फत अपवित्र गठबन्धन बनाएर कुशासनको निरन्तता दिने काँग्रेसको चाहना आत्मघाती हुने उनले दाबी गरेका हुन्।

त्यसैगरी उनले अहिलेको संकटको निकास नयाँ चुनाव भएको ठोकुवासमेत गरेका छन्।

वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त निकास नयाँ चुनाव हो, सामाजिक सञ्जाल ट्वीटरमा थापाले लेखेका छन्, कम्युनिष्टको विकल्प बनेर चुनावमा जानुको सट्टा भ्रष्ट कम्युनिष्टको एक भंगालोसँग अपवित्र गठबन्धन बनाएर अस्थिरता, भ्रष्टाचार र कुशासनको श्रृङ्खलालाई निरन्तरता दिने काँग्रेसको पछिल्लो चाहना–निर्णय आत्मघाती हुनेछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top