×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कराँचीबाट उडेको विमानको पाङ्ग्रा गायब, अवतरण भने सकुशल

३० फाल्गुन २०८१

१ चैत्र , काठमाण्डौ।

पाकिस्तानको हवाई उड्डयन क्षेत्रको एउटा गम्भिर घटना सार्वजनिक भएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एउटा विमान लाहोर विमानस्थलमा एउटा पाङ्ग्रा नभएको अवस्थामा सकुशल अवतरण भएको छ।

कराँचीबाट लाहोरका लागि उडेको फ्लाइट नम्बर पीके ३०६ ले बिहीबार सामान्य रूपमा अवतरण गरेपछि मात्रै विमानको एउटा पाङ्ग्रा नै गायब रहेको पत्ता लागेको हो। विमान कराँचीबाट उड्दा सबै पाङ्ग्रा सामान्य अवस्थामा रहेको बताइए पनि अवतरणपछि एक पाङ्ग्रा हराएको पुष्टि भएको छ।

पीआईएका अधिकारीहरूका अनुसार पाङ्ग्राको एउटा सानो टुक्रा कराँची विमानस्थलको धावनमार्गमा भेटिएको छ। विमान उडानका क्रममा नै पाङ्ग्रा खसेको आशंका गरिएको छ। यस घटनापछि विमानस्थल सुरक्षा तथा प्राविधिक टोलीले तत्काल छानबिन प्रक्रिया अगाडि बढाएको छ।

यस्तो खालको घटना नेपालमा पनि एकसाता अघि भएको थियो। जनकपुरबाट काठमाडौं उडेको बुद्ध एयरको विमानको एउटा पाङ्ग्रा जनकपुरमै खसेको थियो, जसलाई काठमाडौं पुगिसकेपछि मात्र थाह भएको थियो ।

विमानको उडान सुरक्षा, प्राविधिक गडबडी र व्यवस्थापनसम्बन्धी गम्भीर प्रश्न उठाउने यस्ता घटनाले विमान सेवा प्रदायक कम्पनीहरूको सुरक्षा प्रोटोकलबारे पुनर्विचार गर्नुपर्ने देखिन्छ।

पाकिस्तानमा भएको घटनाबारे विस्तृत छानबिनपछि मात्र वास्तविक कारण बाहिर आउने त्याहाको नागरिक उड्यनले बताएको छ । नेपालमा पनि बुद्ध एयरको एटीआर ७२ जहाज गतबिहीबार जनकपुर विमानस्थलबाट काठमाडौंका लागि उडान भर्दा अगाडिको एउटा पांग्राबिना नै उडेको थियो ।

विमान सुरक्षित रूपमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि मात्र चालक दललाई यो त्रुटि थाहा भएको हो । बुद्ध एयरको युफोर ५०६ उडान नम्बरको जहाज जनकपुर विमानस्थलबाट दिउँसो ४ बजे काठमाडौंका लागि उडेको थियो ।

जहाजका चालकदललाई काठमाडौंमा ल्याण्डिङ गर्ने क्रममा मात्र अगाडिको पांग्रा नभएको जानकारी भयो। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार, जहाज पार्किङमा पुगेपछि मात्र यो गम्भीर गल्ती सार्वजनिक भयो।

पछि अनुसन्धान गर्दा पांग्रा जनकपुर विमानस्थलमै छुटेको फेला परेको छ। यस जहाजमा ६२ यात्रु सवार थिए , जसले आफ्नो ज्यानकै बाजी राखेर यात्रा गरिरहेको पत्तै पाएनन्।

जहाजका चालकहरूले पांग्राविहीन अवस्थामा समेत सुरक्षित रूपमा अवतरण गराए पनि, यो घटनाले नेपालमा हवाई सुरक्षा संवेदनशीलताको गम्भीर प्रश्न उठाएको छ। हावामा विमानको पाङ्ग्रा गायब, नेपालपछि पाकिस्तानमा पनि उस्तै घटना!

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top