Nepal Times
Nepal Times
3
Shares

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न एमालेद्वारा सांसदलाई ह्विप जारी

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न एमालेद्वारा सांसदलाई ह्विप जारी

३ वैशाख, सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको छ ।

दलका नेता यामलाल कँडेलको घरमा जारी एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख समेतक गुवालजंग शाहले बताए ।

बिहान ११ बजेदेखि बसेको एमाले संसदीय दलको बैठक जारी नै छ । बैठक सकिएलगतै सबै सांसद २ बजे प्रदेश सभाको बैठकमा सहभागी हुनेछन् । दलको बैठकमा एमालेका सबै सांसद सहभागी भएको प्रमुख सचेतक शाहले दाबी गरे ।

आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ । ३९ सदस्य रहेको कर्णालीमा २० सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन लागेका हुन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.