Nepal Times
Nepal Times
3
Shares

कर्णालीमा राप्रपा प्रदेश संसदीय दल तटस्थ रहने

कर्णालीमा राप्रपा प्रदेश संसदीय दल तटस्थ रहने

३ वैशाख, सुर्खेत । राप्रपा कर्णाली प्रदेश संसदीय दल तटस्थ रहने भएको छ । कर्णाली प्रदेशसभामा शुक्रबार विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राप्रपाले साथ नदिने भएको हो ।

राप्रपाले प्रदेशसभामा तटस्थ भूमिका निर्वाह गर्ने निर्णय गरेको केन्द्रिय कार्यसम्पादन समितिको सदस्य मुकुन्द श्याम गिरीले जानकारी दिए ।

‘पार्टीका प्रमुख तीन नेताहरुको बैठकले कर्णालीमा राप्रपा तटस्थ रहने निर्णय गरेको छ, सरकार बनाउने र ढाल्ने खेलमा हामी सहभागी हुँदैनौं,’ गिरीले भने ।

राप्रपाका कारण सरकारलाई विश्वासको मत लिन झनै चुनौतीपूर्ण हुने देखिएको छ । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नका लागि ६ सांसद रहेको काँग्रेसको समर्थनले मात्र पुग्दैन, एक सिट रहेको राप्रपाका अतिरिक्त एमालेका कम्तीमा दुई सांसदले फ्लोर क्रस गर्नुपर्ने हुन्छ ।

कर्णाली प्रदेशसभामा तत्काल कायम ३९ सांसदमध्ये नेकपा एमालेसँग २० सांसद छन् । १३ सांसद रहेको माओवादी केन्द्रले आफ्ना एक सांसदमाथि कारवाही गरिसकेका कारण ऊसँग १२ सांसद मात्र छन् । मुख्यमन्त्री शाहीलाई सरकार जोगाउन कम्तीमा २० सांसद आवश्यक पर्दछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.