Nepal Times
Nepal Times
3
Shares

कर्मचारीमा संक्रमण देखिँदैमा कार्यालय बन्द नगर्नुः सीसीएमसी

कर्मचारीमा संक्रमण देखिँदैमा कार्यालय बन्द नगर्नुः सीसीएमसी

९ मंसिर, काठमाडाैँ ।

कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले एक–दुई जनामा कोरोना संक्रमण देखिने वित्तिकै कार्यालयका सम्पूर्ण सेवा बन्द नगर्न निर्देशन दिएको छ । विभिन्न सरकारी कार्यालयहरुमा एक–दुई जनामा संक्रमण पोजेटिभ देखिने वित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृति बढेकाले त्यस्तो नगर्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए ।

संक्रमित व्यक्तिहरुलाई आइसोलेसनमा राखेर सेवा नियमित गर्न निर्देशन दिइएको उनले बताए । संक्रमण उच्च रहेका र कम हुँदै गएका स्थानमा के कस्ता सेवा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएको भन्दै उपत्यका मेयर फोरमले कडा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो । यद्यपी सीसीएमसीले तत्काल निषेधाज्ञा गर्ने विषयमा भने कुनै निर्णय गरेको छैन ।

संक्रमणको उच्च रहेको सिमित स्थानलाई सिल गरी सेवा सञ्चालनका सम्बन्धमा केही निर्णय गर्न सकिने गरी छलफल भएको सचिव गुरागाईंले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.