Nepal Times
Nepal Times
3
Shares

कविता: गणतन्त्र दिवसको शुभकामना

एउटा राजा फ्याकिदै गर्दा
कयौं छोटे राजाहरु जन्माएको
अति उर्वराशक्ति युक्त
गणतन्त्र दिवस को शुभकामना ।

रेमिट्यान्सले धानेको अर्थतन्त्रमा
भ्रष्टाचारको लहलहाउदो खेति गर्ने
कहिले न भरिने पेट बोकेकाहरुलाई
गणतन्त्र दिवस को शुभकामना ।

सर्वांग नांगिएको खोक्रो राष्ट्रवाद
एक हातले छोप्ने असफल प्रयास बीच
अर्को तिर चलि रहेको त्यहि आलाप लाई
गणतन्त्र दिवस को शुभकामना ।

हरेक पटक भित्र सम्म धकेलिएका जंगे पिल्लरहरु
लक् डाउनले आक्रान्त भै थालिएका मजदूरहरु
गाँसको अभावमा आफैंलाई झुण्डयाउन प्रयुक्त डोरीहरुलाई
गणतन्त्र दिवस को शुभकामना ।

छिमेकी ले मिचेको सिमाना
भोक र महामारीले थिचेका जनता
अनि शोकलाई अवसर बनाई घिचेका नेतालाई
गणतन्त्र दिवस को शुभकामना ।

अर्जुन चापागाईं
हाल कतार

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.