×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कस्तो छ दयाँहाङ र मिरुनाको ‘नाङ्गो गाउँ’ ? ,२ दिनमै डेढ करोडको कामई

१ आश्विन २०८०

१ असोज, काठमाण्डौ ।
शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले शुक्रबार बक्स अफिसमा ७० लाखको ग्रस कलेक्शन गरेको छ। वितरक रोहित कट्टेलका अनुसार फिल्मले शनिबार देशभरका हलमा ९० लाखको ग्रस कलेक्शन गरेको हो। २ दिनमै फिल्मले बक्स अफिसमा १ करोड ६० लाखको ग्रस कलेक्शन गरेको छ।

फिल्मको शोज संख्या शुक्रबारको तुलानामा २५ प्रतिशतले बढाएका छन्। सोमबार यो फिल्मले नेपालभर १ सय ५० भन्दा बढी शोज पाएको छ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहारी लगायतका कलाकारको अभिनय छ।

रोहित कडरियाको प्रस्तुतिमा तयार भएको यो फिल्ममा राम श्रेष्ठको लगानी छ। रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन्। नेपालको विकासको बाधक नेता हुन् । भ्रष्ट नेता र यो प्रवृत्ति नै समस्याको मुख्य कारण भएको चलचित्र ‘नाङ्गो गाउँ’को कथामा देखाइएको छ । गाउँपालिकालाई भ्रष्ट नेताले नेतृत्व गरिरहेका छन् ।

उसले पुल, सडक तथा राहत वितरणमा त भ्रष्टाचार गरेको हुन्छ नै, विद्यालयमा पनि आँखा गाड्छ । यो कुरा निष्ठावान् शिक्षकलाई सह्य हुँदैन । पद र पैसाको दम्भमा भ्रष्ट नेतामा यतिसम्म अभिमान हुन्छ, उसले आफूसँग निर्वाचन लड्न र जितेर देखाउन चुनौती दिन्छ । आफू पराजित भए निर्वाचन परिणाम घोषणा गरिएको स्थानदेखि घरसम्म सर्वांग नाङ्गै जाने उद्घोष गर्छ ।

‘नाङ्गो गाउँ’मा स्थानीय तहमा भइरहेको राजनीति निर्देशकले हुबहु देखाएका छन् । नयाँ उमेदवारको आगमनसँगै स्थानीयमा देखिने उत्साह, अपेक्षा, राजनीतिभित्रको राजनीति र वितृष्णालाई सिनेमाले स्पष्ट देखाएको छ । गाउँको राजनीति कस्तो छ, सिनेमाले छर्लंग पारिदिएको छ । राजनीति कसरी र केका लागि प्रभावित हुन्छ, सिनेमाले बताइदिन्छ ।

युवा कति सचेत छन् र बुद्धिमतापूर्ण निर्णय कति गर्छन् वा गर्दैनन् र त्यसको प्रभाव के सिनेमाले देखाउन खोजेको छ । चलचित्रमा पासाङ शिक्षकको भूमिकामा दयाहाङ छन् । गाउँपालिका प्रमुखको भूमिकामा जरी (शिशिर बाङदेल) रहेका छन् ।

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठको लगानी रहेको छ। यस फिल्मले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय प्रदर्शन राइट्स बिक्रीमार्फत करिब डेढ करोड कमाइसकेको थियो।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top