×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रधानमन्त्री शेरबहादुर देउवाले अबको निर्वाचनमा आफ्नो पार्टीको बहुमत आउने दाबी गरेका छन्।

आइतबार कैलालीमा आयोजित विशेष चुनावी साक्षात्कारमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो दाबी गरेका हुन्। उनले भने,‘अबको निर्वाचनमा हाम्रो पार्टीले बहुमत ल्याउँछ, बामपन्थीहरूलाई जनताले भोट हाल्दैनन्, यो कुरा बुझेहुन्छ।’

देउवाले कांग्रेसको बहुमत आउने मात्रै नभएर अबको प्रधानमन्त्री समेत आफू नै बन्ने दाबी समेत गरे । देउवाले थपे, ‘कांग्रेसको बहुमत आउँछ। कांग्रेसको नेतृत्वमा सरकार बन्छ, सरकारको नेतृत्व म गर्छु।’

निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको चरण पूरा गरि आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने उल्लेख गर्दै देउवाले भने, ‘संविधान धेरै राम्रो छ, यो संविधान कार्यान्वयन गर्ने कुरा महत्वपूर्ण हो, २१ गतेको निर्वाचन सम्पन्न भएपछि मुलुकमा स्थायी रूपमा गणतन्त्र  कार्यान्वयन भएर जान्छ। देउवाले चुनाव गराउँदैन भन्ने झुटा कुराहरू भए, संविधान कार्यान्वयन त मैले गराएर छोडें । संविधान कार्यावयनसँगै अब मुलकु समृद्धिको यात्रामा अघि बढ्छ।”

भोट हालेपछिपनि चुनावसारेको सपना देख्नेहरू रहेको भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति व्यंग्य गरे । एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले कम्युनिष्ट शासन ल्याउन खोजेको उनको आरोप थियो । उनले थपे,‘कम्युनिष्ट शासन आउनु भनेको यो संविधान च्यात्नु हो, आदिवासी, जनजाति, महिला, थारुहरूको हितमा अहिलेको संविधान छ, यो राम्रो छ, तर उनीहरूको शासन आयो भने समावेशीतालाई खत्तम पार्न खोजेको हो।’

जनताले कम्युनिष्ट शासन नरुचाउने उनको तर्क थियो । ‘कम्युनिष्ट शासन आउनु भनेको महिलाहरूको अधिकार खोसिने हो, जनताको अधिकार खोसिने हो, दलितहरूको अधिकार खोसिने हो, राष्ट्रपति पद्धतिमा जानु भनेको अधिकार खोसिनु हो, यो कुरा जनतलो बुुझिसक्या छन्, त्यसैले उनीहरूको पक्षमा किन भोट हाल्ने ? जनताले कांग्रेसलाई नै भोट हाल्छन्।’

उनले आफूले सुदुरपश्चिमको विकासको लागि धेरै काम गरेको विश्वास दिलाए । ‘मसँग विकासका गुरुयोजनाहरू धेरै छन्, सुदुरपश्चिमका गाउँगाउँमा रोड पुगेको छ। गउदेखि बजारसम्मको बाटोहरू बनेका छन्, किसानहरूले आफ्ना उत्पादन अब गाउँमा बेच्न पाउन्, गाउँठाउँमै बाटो होस् । घरमै बजार आयो, कृषकहरूको देश भएकोले उनीहरूको सहजताका लागि कच्ची बाटाहरूलाई अब पीच बनाइन्छ ।”

वामपन्थीहरूको बहुमत त नआउने भएकोले कहाँबाट दुई तिहाई ल्याउने भन्दै देउवाले कटाक्ष गरे । उनले भने,‘उनीहरूको बहुमत त आउँदैन, कहाँबाट दुई तिहाई आउँछ? जनतले यो कुरा बुझेका छन् कि राष्ट्रपतिय प्रणाली भनेको यो संविधान च्यात्ने भनेको होईन र ?’ कम्युनिष्ट शासनमा अन्याय भयो भनेर कहाँ बोल्न पाईन्छ ?भन्दै उनले प्रश्न समेत गरे ।

फरक सन्दर्भमा  उनले निर्वाचनमा आम मतदाता तथा उम्मेदवारहरूलाई सुरक्षा दिनको लागि सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै भने,‘चुनावमा शान्ति दिनको लागि सुरक्षा निकाय सक्षम छन्। मतदाताहरूलाई कुनै समस्या छैन, सुरक्षाको पूर्ण प्रत्याभुति दिन्छु।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले अब देउवा अन्तिम प्रधानमन्त्री भनेर दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै देउवाले भने,‘म त फेरि पनि प्रधानमन्त्री बन्ने पक्का भैसक्यो, बरु ओली अब कहिल्यै पनि प्रधानमन्त्री बन्नुहुन्न । किनकी बहुमत हाम्रो आउने सुनिश्चित छ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top