×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

कांग्रेसको चुनावी एजेण्डा संविधान जोगाउने

१७ आश्विन २०७९

१७ असोज, काठमाण्डौ ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको मिति नजिकिरहेका बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको एजेन्डा सार्वजनिक गरेका छन् । उनले नेपाली काग्रेस परिवर्तनको रक्षा गर्ने र संविधान जोगाउने एजेण्डा लिएर आगामी चुनावमा जाने बताएका छन् ।

विजया दशमीका अवसरमा भिडिओ सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले संविधानको रक्षा गर्दै विकास र उन्नतीको अठोट लिएर चुनावी मैदानमा होमिने बताएका हुन् । पौडेलले देशमा संक्रमणकालिन अवस्थामा अझै कायम रहेको भन्दै व्यवस्था माथि अझै संकट अहिले पनि कायम रहेको बताएका छन् ।

पौडेलले सन्देशमा भनेका छन्, ‘व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूति भइरहेको छ । पहिलो एजेण्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै हो ।’ उनले नेपाललाई सुशासन दिएर नेपालको उन्नति प्रदान गर्नुको साटो देशलाई उल्टो बाटोमा लैजाने प्रवृत्तिले षड्यन्त्र कायम रहेको आफूलाई अनुभूति भइरहेको बताएका छन् ।

उनले देशलाई उल्टो बाटोमा लैजाने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको उल्लेख गरेका छन् । पौडेलले मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएको प्रष्ट्याएका छन् । पौडेलले भनेका छन्, ‘मुलुकको हितको लागि र समाजिक न्यायको लागि हामी डटिरहेका छौ । मुलुकलाई उन्नतिको मार्गका लैजानका लागि हामीले गठबन्धन गरेका हौं ।’

पौडेलले नेपालको उन्नतिको बाटोलाई अगाडि बढाउँदै मुलुकलाई पश्चगामी बाटोमा लैजान टाउको उठाउँदै गर्ने प्रवृत्तिहरूलाई निरुत्साहित पार्न नेतृत्वको कार्यक्षमता, सुशासन दिने नैतिक क्षमता र नैतिक शक्तिको आवश्यकता हुने बताएका छन् ।

उनले भनेका छन्, ‘प्रवुद्ध वर्गलाई अपिल गर्न चाहन्छु । अहिले नेपालको अवस्था के हो, कुन प्रवृत्तिले मुलुकलाइ पछाडि धकेल्ने खोजेका छन् । यी कुरालाई ध्यानमा राखेर व्यवस्थालाई कायम राखेर अगाडि बढ्नुको विकल्प छैन । जनताले अधिकार पाएको संविधानको रक्षा गर्नु नै आजको विकल्प हो ।’पौडेलले देशमा संक्रमणकालीन अवस्था कायम रहेको बताएका छन्। ‘व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूति भइरहेको छ। पहिलो एजेन्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै हो,’ उनले भनेका छन्।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top