×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘कांग्रेसले एमाले र जसपालाई विभाजन गराउन प्रधानमन्त्रीमा दाबी गरेको भन्ने आरोप निराधार’

१७ जेष्ठ २०७८

१७ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कांग्रेसले एमाले र जसपा विभाजन गराउन लागको भन्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको आरोप निराधार रहेको बताए ।

सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता रिजालले नेकपा एमालेभित्र झगडाको बिउ आफूहरूले लगाएको नभइ प्रधानमन्त्री केपी शर्मा ओलीको अहङ्कार र सबैलाई पेल्ने प्रवृत्तिका कारण विवाद उत्पन्न भएको बताएका हुन् ।

सरकारका विरुद्ध कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउनुपर्ने आम मागका बीच पनि सरकारविरुद्ध अविश्वास प्रस्ताव नल्याइ आफैँ आलोचित हुँदासम्म पनि कांग्रेस चुप लागेर बसेको उल्लेख गर्दै उनले अहिले भने देश र नागरिकको बृहत्तर सार्थ र हितलाई ध्यान दिँदै प्रधानमन्त्रीका लागि विकल्प प्रस्तुत गरेको बताए ।

उनले भने, ‘यो निराधार आरोप हो । नेकपा व्यवस्थापन गर्न सक्नुभएन प्रधानमन्त्रीले । उहाँको अहङ्कार र सबैलाई पेल्ने प्रवृत्तिका कारण पार्टी फुटको सङ्घारमा पुग्दा पनि हामी संयमित भयौँ ।

प्रतिनिधि सभा विघटनपछि पनि कांग्रेसले अविश्वास प्रस्ताव दर्ता नगरेका कारण निकास निस्केन भनेर आलोचना र टिप्पणी खायौँ तर अर्काको पार्टीमा पसेनौँ ।

यो बिउ हामीले लगाएको होइन । कांग्रेस अरू कसैको पनि झगडामा परेको छैन । हामीले कसैलाई उत्प्रेरित गरेका छैनौँ ।

दोस्रो पटक प्रधानमन्त्रीले प्रतिनिधि सभालाई विघटन गर्ने प्रपञ्च नगर्दासम्म समर्थन छ भन्दा भन्दै पनि आफैँ चुप लागेर बस्यौँ । बरु त्यसका लागि हामी आलोचित भयौँ । त्यो आलोचना सह्यौँ ।

अहिले देश र नागरिकको बृहत्तर स्वार्थ र हितका लागि हामीहरूले उहाँहरूसँग साथ लिएर विकल्प प्रस्तुत गर्न आवश्यक थियो । त्यो विकल्प प्रस्तुत ग¥यौँ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top