Nepal Times
Nepal Times
3
Shares

कांग्रेसले संविधान संशोधनबारे निर्णय गर्न शनिबार केन्द्रीय समिति बैठक बोलायो

कांग्रेसले संविधान संशोधनबारे निर्णय गर्न शनिबार केन्द्रीय समिति बैठक बोलायो

१५ जेष्ठ, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी कांग्रेसले पार्टीको केन्द्रीय समिति बैठक शनिबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्नेगरी बोलाएको छ ।

बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे छलफल हुनेछ । पार्टीका मुख्यसचिवले छलफलमा भाग लिन केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थित हुन भनेका छन् ।

संविधान संशोधनको विषय र कार्यसमिति बैठकबारे कांग्रेसले आज (बिहीबार) दिउसो २ बजे पार्टी कार्यालमा पत्रकार सम्मेलन पनि गर्ने भएको छ । सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचिमा समावेश गर्नका लागि संविधान संशोधन गर्न सरकारले संसदमा प्रस्ताव दर्ता गराएको छ ।

संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक पर्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.