Nepal Times
Nepal Times
3
Shares

प्रदेशसभामा कांग्रेस अविश्वासको प्रस्तावको पक्षमा उभिन्छ : नेता पौडेल

प्रदेशसभामा कांग्रेस अविश्वासको प्रस्तावको पक्षमा उभिन्छ : नेता पौडेल

१० माघ, विराटनगर ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस, प्रदेशहरूमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा उभिने बताएका छन् । विराटनगरमा शनिबार पत्रकारहरुसँगको कुराकानीमा पौडेलले कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मत हाल्ने बताएका हुन् ।

उनले कांग्रेस प्रतिपक्षी भएकाले सत्ताधारीको विपक्षमा बस्ने प्रतिपक्षीको धर्म निर्वाह गर्ने बताएका हुन् । उनले भने ‘केन्द्र र प्रदेश दुबै ठाउँमा कांग्रेसले प्रतिपक्षीको धर्म निर्वाह गर्नेमा शंका गर्नु पर्दैन । प्रदेशसभामा अविश्वासको प्रस्ताव आएपछि सत्ताधारीको विपक्षमा कांग्रेसले भोट हाल्छ ।’

प्रदेश १ र वाग्मती प्रदेशस्थित प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री शेरधन राई र डोरमणि पौडेलविरुद्ध नेकपाका दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

कांग्रेसले प्रदेशसभामा अविश्वासको पक्षमा मतदान गरेपछि प्रदेश १ का मुख्यमन्त्री राई र वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रदेशसभामा सिद्ध हुने र पदमुक्त हुने अंक गणित छ ।

उनले प्रतिनिधिसभा विघटनका सम्बन्धमा अदालतको फैसला अत्यन्तै धैर्यका साथ पर्खेर बसेको पौडेलले बताए । ‘राष्ट्र जोगाउने एउटामात्रै आधार सर्वोच्च अदालतका न्यायमूर्ति हुनुहुन्छ भन्ने अपेक्षा छ,’ उनले भने, ‘राष्ट्रलाई बर्बादीतर्फ, बिग्रह, हिंसा र अफगानिस्तानको बाटोमा जान नदिने सबैको धर्म हो ।’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.