Nepal Times
Nepal Times
3
Shares

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा क्रमिक सुधार, बेहोस पार्ने औषधि दिन छाडियो

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा क्रमिक सुधार, बेहोस पार्ने औषधि दिन छाडियो

१६ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था क्रमिक सुधार हुन थालेको छ ।

गएको शुक्रवार बिहान मष्तिष्कघात भइ नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेता जोशीको सघन उपचार कक्ष (आईसीयू) को भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

शनिवारको तुलनामा आइतवार उनको स्वास्थ्य अवस्थामा निकै सुधार देखिएको उपचारमा संलग्न न्युरो सर्जन डाक्टर राजीव झाले जानकारी दिए ।

डा. झाका अनुसार जोशीले दाहिने हात र खुट्टा बढी चलाएका छन् । जोशीलाई आइतवार बिहानदेखि नै बेहोस पार्ने औषधि दिन छाडिएको छ तर पनि उनले आँखा भने खोलेका छैनन् ।

जोशीको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानीसमेत लगभग सफा भएको पाइएको छ । उनको अवस्था अझै खतरामुक्त भने नरहेको डा. झाले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.