Nepal Times
Nepal Times
3
Shares

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

२० वैशाख, विराटनगर ।
नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना भाइरस संक्रमण भएको पाइएको हो । आइतबार गरिएको परीक्षणको रिपोर्ट अनुसार आफूलाई कोरोना संक्रमण पुष्टि भएको शर्माले बताएका छन्।

आइतबार बेलुकी स्टार अस्पतालमा स्वाब दिएको र बिहानपख रिपोर्ट पोजेटिभ आएको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका छन् ।

मनोबल उच्च राखेर डेरामै आइसोलेसनमा बसिरहेको र डा. अनुप बास्तोलाको निर्देशनअनुरुपको औषधि सेवन शुरु गरेको शर्माले बताए ।

उनले कोरोना संक्रमणबाट जोगिनका लागि सजग रहन सबैलाई आग्रह पनि गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.