×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026
Playing
Top 15 Afternoon News || Mar-03-2026 || Nepal Times
Mar 03, 2026
Playing
खोर्रमशहरः इरानी ब्यालिस्टिक मि सा इल बन्नसक्छ इजरेलमा प्रलय || Nepal Times
Mar 03, 2026
Playing
Iran मा ‘ठूलो कार बाही’, ११ इरानी जहाज डु बाएको दाबी, अमेरिकी असुर क्षित || Nepal Times
Mar 03, 2026
Playing
विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी खेलाडीलाई लाखौं जरिवाना || Nepal Times
Mar 03, 2026
Playing
अमेरिकी सेना इ रान जाने, लेबनानमा भीषण आक्र मणः १० हेडलाइनमा|| Nepal Times
Mar 03, 2026
Playing
आज लाग्दैछ दुर्लभ खण्डग्रास चन्द्रग्रहण,होली खेल्न वर्जित|| Nepal Times
Mar 03, 2026
Playing
रास्वपाको वाचापत्रको विज्ञहरुबाट चिरफार|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली काँग्रेसको घोषणा पत्रमा स्वास्थ्य, सामाजिक विकास र पूर्वाधार योजनाको चिरफार
Mar 02, 2026
Playing
नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्रमा विज्ञका प्रश्नैप्रश्न|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली कांग्रेसको चुनावी एजेण्डा विश्लेषणः के छ स्पष्ट, के रह्यो अधुरो ?|| Nepal Times
Mar 02, 2026
Playing
इरानले नेतन्याहुकै कार्यालयमा क्षे प्या स्त्र हान्यो! || Nepal Times
Mar 02, 2026
Playing
इन्टरसेप्टरहरु छल्दै इरानी मि सा इ लले टारगेटलाई हिट गरेपछि....|| Nepal Times
Mar 02, 2026
Playing
चुनावी सरगर्मीबिच खाडी संकटमा, १७ लाख नेपालीको सुरक्षा चिन्ता || Nepal Times
Mar 02, 2026

काउन्सिलको नियुक्तिले कांग्रेस तरंगित, अदालतमा मुद्धा

३ भाद्र २०७७

३ भदाै, काठमाडौँ ।
सरकारले नेपाल प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेकाकिशोर श्रेष्ठको जिम्मेवारी खोस्दै भण्डारीलाई नियुक्त गरेको हो ।

श्रेष्ठको कार्यकाल सकिन ४० दिन मात्रै बाँकी हुँदै नयाँ अध्यक्ष नियुक्त गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले केही दिनअघि मात्र काउन्सिल सदस्यमा नियुक्त भण्डारीलाई यो जिम्मेवारी दिएको हो । भण्डारीलाई कार्यवाहक अध्यक्ष दिनका लागि काउन्सिलको नियमावली नै संशोधन गरिएको थियो । काउन्सिलका सदस्यहरूले वरिष्ठ सदस्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने नियमावलीको व्यवस्थालाई संशोधन गरेर मन्त्रिपरिषद्ले कार्यवाहक अध्यक्ष तोक्ने व्यवस्था राखिएको थियो ।

आफूलाई कार्यवाहकबाट हटाउने अभिप्रायले नियमावली संशोधन गरेको श्रेष्ठको आरोप छ । आफूप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानो तुष रहेको र त्यसकै प्रतिशोध साँध्न नियमावली संसोधन गरेको उनको दावी छ । यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष नियुक्तिमा असन्तुष्टि जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कोटरीको व्यक्तिलाई नियुक्त गरेकोबाट सरकार नियन्त्रित प्रेसको बाटोमा श्रृंखलाबद्ध ढंगले अगाडि बढिरहेको भन्ने पुष्टि भएको उल्लेख गरेका छन् । शर्माले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, विगतमा कुनै कमजोरी भएका थिए भने पनि त्यसलाई नजिरका रूपमा लिएर दोहो¥याउने होइन, सच्याएर काउन्सिललाई राजनैतिक आग्रहमुक्त स्वतन्त्र प्रेसको उच्च गरिमा राख्ने थलोका रूपमा परिस्कृत र विकसित गर्ने आजको समयको माग र आवश्यकता हो । तर, नियंत्रित प्रेसको बाटोमा सरकार श्रृंखलाबद्ध ढंगले कार्य गरिरहेको छ, नेपाली कांग्रेसले यसलाई गम्भीरता पूर्वक लिएको छ । भण्डारीको नियुक्तिलाई नेपालमा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने नेकपा सरकारको पछिल्लो उदाहरण भएको कांग्रेसको ठहर छ ।

प्रेस काउन्सिलमा नवनियुक्त कार्यबाहक अध्यक्ष भण्डारी विगत २५ वर्षदेखि मोफसलमा पत्रकारिता गर्दै आएकी छिन् । झापा भद्रपुर नगरपालिका–८ मा जन्मिएकी भण्डारी हाल पोखरा महानगरपालिका–५ मा बस्दै आएकी छिन् । आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर तह उत्र्तिण गरेकी उनी कानून व्यवसायी पनि हुन् । भण्डारी नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य, प्रेस चौतारी नेपालको सचिव र सञ्चारिका समूह पश्चिमान्चलको अध्यक्ष रहेकी छिन् ।भण्डारीले भने प्रेस काउन्सिलको नेतृत्वका लागि आफू हरेक हिसाबले योग्य भएको बताउँदै आएकी छिन् ।

कार्यवाहक नियुक्त गरिएको विवादलाई काउन्सिल बोर्डले अदालतमा लगेको छ । नयाँ कार्यवाहकको नियुक्ति खारेज गरेर श्रेष्ठलाई नै निरन्तरता दिन माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top