Nepal Times
Nepal Times
3
Shares

काठमाडाैँमा छुरा प्रहार गरी युवकको हत्या

काठमाडाैँमा छुरा प्रहार गरी युवकको हत्या

१४ कात्तिक, काठमाडौँ ।

काठमाडौंस्थित धापासीमा छुरा प्रहार गरी २५ वर्षीय युवकको हत्या भएकाे छ । तनहुँ घर भइ हाल धापासीमा बस्दै आएका २५ वर्षीय आशिष मगरको शुक्रबार बिहान छुरा प्रहार गरी हत्या भएको हो ।

धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अज्ञात समूहले एक्कासी छुरा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । उनको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मगरले बाल पेन्टिङ गर्ने काम गर्दै आएका थिए ।

हत्या आरोपमा प्रहरीले दिवस अधिकारी, रवि थापा मगरललाई पक्राउ गरेको छ । आरोपित अन्य दुई जना अझै फरार छन् ।

काठमाडौं प्रहरी प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले फरारको खोजी कार्य जारी रहेको र पक्राउ परेकासँग सोधपुछ भइरहेको जनाए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.