Nepal Times
Nepal Times
3
Shares

काठमाडौँका १ सय ९० पत्रकारको पीसीआर टेस्ट

काठमाडौँका १ सय ९० पत्रकारको पीसीआर टेस्ट

६ जेठ, काठमाडौँ ।
कोरोना संक्रमणको जोखिम बढेसँगै फ्रन्ट लाइनमा रहेर कामगर्ने पत्रकारहरुको पनि पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको छ । नेपाल पत्रकार महासंघको पहलमा कोरोना भाइरसको जोखिमकाबीच नियमित रिपोर्टिङमा रहेका पत्रकारहरुको नमुना संकलन गरिएको हो ।

मंगलबार महासंघको कार्यालय परिसरमा १ सय ९० भन्दा बढी पत्रकारहरुको पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको छ । पछिल्लो समय विभिन्न जिल्लाहरुमा फ्रन्ट लाइनमा रहेर रिपोर्टिङ गर्दै आएका पत्रकारहरुमा समेत संक्रमण भएको पाइएपछि उपत्यकामा पनि पत्रकारहरुको परीक्षण गरिएको महासंघले बताएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.