Nepal Times
Nepal Times
3
Shares

काठमाडौँमा ‘अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी’आज पनि जारी

काठमाडौँमा ‘अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी’आज पनि जारी

७ मंसिर, काठमाडौँ ।
चीनको युनानशहरको सांस्कृति र जीनवशैलीझल्किने फोटोहरुको प्रदर्शनी राजधानी काठमाडौमा जारी रहेको छ । नेपाल—चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवशरमा आयोजित ‘अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी’मा युनान शहरको संस्कृति झल्किने फोहोहरु प्रदर्शनीमा राखिएका हुन् ।

नेपाल चाइना मिडिया फोरमको आयोजनामा भएको साताव्यापी प्रदर्शनमा नेपाल चीन सम्बन्ध संस्कृति झल्किने ३२ वटा फोटो प्रदर्शनीमा राखिएका छन् । शुक्रबारबाट होटल एभरेष्टमा सुरु भएको प्रदर्शनीमा युनानको सांस्कृति र जीवनशैलीलाई प्रतिनिधित्व गर्ने तस्वीर प्रदर्शनीमा रहेका छन् । चीनको संस्कृति, विकास, जनजीवन, प्राकृतिक सौन्दर्य र पर्यटनसँग सम्बन्धित ३२ वटा फोटोहरु प्रदर्शनीमा राखिएको कार्यक्रमका कोर्डिनेटर पुजकराज प्रधानले बताए ।

फोटो प्रदर्शनी मंसिर ११ गते सम्म सञ्चालन हुनेछ । फोटो प्रदर्शनीको उद्घाटन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट भएको थियो । युन्नान चीनकै सबैभन्दा धेरै आदिवासी जनजाति बस्ने ठाउँ हो । यो ठाउँ म्यान्मार, थाइल्यान्ड, लाओस र बाङ्लादेशसङ्ग जोडिएको छ । युन्नानमा दक्षिण एशियाली देशहरूकाबीस हजार बिध्यार्थी अध्ययनरत छ्न् । यसको राजधानी खुन्मिङ्गको नेपालको पोखरा शहरसङ्ग भगिनी सम्बन्ध समेत रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.