Nepal Times
Nepal Times
3
Shares

काठमाडौंको कलंकीमा अत्यावश्यकबाहेक अन्य सबै पसल बन्द

काठमाडौंको कलंकीमा अत्यावश्यकबाहेक अन्य सबै पसल बन्द

२९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नंन १४ मा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै स्थानीय क्लब, वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वयमा पसलहरू बन्द गरिएका छन् ।

बिहीबार बिहानैदेखि उक्त क्षेत्रमा अत्यावश्यक बाहेकका पसल, होटल, रेस्टुराँ लगायतलाई बन्द गरिएको हो ।

महानगरी प्रहरी वृत्त, कालिमाटीका अनुसार २५ जनाभन्दा बढी संक्रमितहरू भेटिएपछि विशेषगरी कलंकी चोकका पसलहरू बन्द गरिएको जनाएको छ ।

प्रहरीले अत्यावश्यक खाद्यान्न, पानी, औषधिका पसल भने खोल्न दिइएको छ । त्यस्तै, प्रहरीले अनावश्यक हिँड्डुल समेत नगर्न अनुरोध गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.