×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काठमाडौंको फोहोर उठाउन नसकेपछि मेयर शाक्यले प्रधानमन्त्री देउवालाई गुहारे

९ भाद्र २०७८

काठमाडौं : काठमाडौंको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या आउन थालेपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार बञ्चरेडाँडा ल्यान्डफिल साइट र सो साइटसम्म पुग्ने बाटो तत्काल बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउनुभएको छ ।

शहरी विकास विभाग, सडक विभाग र सरोकारवाला निकायसँग पटक पटक कुरााकानी गर्दा समेत समस्या समाधान हुन नसकेपछि प्रधानमन्त्री देउवाकै ध्यानाकर्षण गराउन मेयर शाक्यले पत्र पठाउनुभएको हो ।

पत्रमा लेखिएको छ , वञ्चरेडाँडा ल्यान्डफिल साइट हालसम्म पनि निर्माण सम्पन्न नभएको र सो साइटमा जाने बाटोसमेत निर्माण हुन नसकेको कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा तत्काल ल्यान्डफिल साइट र बाटो निर्माण सम्पन्न गरी उपत्यकाकको फोहोरमैला व्यवस्थापन सहजताकासाथ आवश्यक कारबाही अगाडि बढाउन अनुरोध गर्दछु ।

मेयर शाक्यले भन्नुभयो, ‘उपत्यकाको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या आउन थालेपछि सरकार प्रमुखको हैसियतमा प्रम देउवालाई पत्र लेखेको हुँ ।’

पत्रमा दुई वर्षका लागि निर्माण गरेको सिसडोल ल्यान्डफिल साइटमा १६ वर्षसम्म फोहोरको अन्तिम विसर्जन गरिरहेको र अब उक्त स्थानमा फोहोर व्यवस्थापन गर्न सम्भव नभएको उल्लेख छ ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top