Nepal Times
Nepal Times
3
Shares

काठमाडौंबाट प्रस्ट देखियो खण्डग्रास सूर्यग्रहण

काठमाडौंबाट प्रस्ट देखियो खण्डग्रास सूर्यग्रहण

१० पुस, काठमाडौं ।
खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । बिहीबार बिहान ८ः४२ मिनेटबाट काठमाडौंमा ग्रहण सुरु भएको थियो । बिहान १०ः१ मा मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुने पञ्चांग निर्णायक समितिले जनाएको छ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८ः३८ मा सुरु भई ११ः१९ मा सकिनेछ भने पूर्वको झापामा भने ८ः४८ मा सुरु भई ११ः२७ मा सकिनेछ ।

काठमाडौंबाट सूर्यमा ग्रहण लागेको प्रस्ट देखिएको छ । ग्रहण अवलोकनका लागि शिक्षा मन्त्रालयअन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहणको अवलोकन गर्ने व्यवस्था मिलाएको छ ।

समितिले कीर्तिपुरस्थित संग्रहालयमा अवलोकनको व्यवस्था मिलाएको हो । बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा। सनतकुमार शर्माका अनुसार ग्रहण अवलोकनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललगायतलाई आमन्त्रण गरिएको छ । सर्वसाधारणका लागि ग्रहण अवलोकन गर्न कुनै शूलक लाग्ने छैन ।

वैज्ञानिकहरूले आँखामा क्षति पुग्ने भन्दै ग्रहणलाई नांगो आँखाले नहेर्न सुझाएका छन् ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.