Nepal Times
Nepal Times
3
Shares

काठमाडौंमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौंमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

२१ साउन, काठमाडौं ।
काठमाडौंमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु हो ।

मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् । उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको अस्पताल स्रोतले जानाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.