Nepal Times
Nepal Times
3
Shares

काठमाडौंमा टाउको काटिएको शव सुटेकसमा भेटियो

काठमाडौंमा टाउको काटिएको शव सुटेकसमा भेटियो

२५ साउन, काठमाडौं । काठमाडौं गोंगबुको गणेशस्थान नजिकै एक पुरुषको शव भेटिएको छ ।

टाउको काटिएको अवस्थामा भेटिएको शवको अहिलेसम्म सनाखत हुन सकेको छैन । गोंगबु चोकबाट गणेशथान जाने बाटोमा टाउको विनाको शव भेटिएको हो ।

शव टुक्राटुक्रा पारेर सुटेकसमा फालिएको अवस्थामा भेटिएको हो । सुटकेसबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । सूचना पाए लगत्तै प्रहरी घटनास्थल पुगेको थियो । शव भेटिएको सुटकेसभन्दा टाउको केही पर भेटिएको प्रहरीले जनाएको छ ।

अन्दाजी ४०, ४५ वर्षीय पुरुषको शव भेटिएपछि प्रहरी उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोली घटनास्थल पुगेको थियो । शव भेटिएपछि तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको थियो ।

घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोली परिचालन गरिएको छ । शवको पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.